IMG-LOGO

करुणामय मानव विकास संघले दियो विद्यार्थीलाई छात्रवृति

 मंगल, असार ५, २०८०  ---

 

    करुणामय मानव विकास संघ बनेपाले विभिन्न ठाउँका ८२ जना गरिव र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । काभ्रेको बनेपा १३ स्थित चक्रज्योति माविमा सम्पन्न भएको उक्त  कार्यक्रममा २१ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल व्याग, ड्रेस, जुत्ता लगायतका सामग्री वितरण गरेको हो । सन् २०६२ सालमा भिक्षु प्रज्ञालोक महास्थबिरको अध्यक्षतामा स्थापना भएको संघले १८ वर्ष देखि निरन्तर रुपमा सिन्धुपाल्चोक, काभ्रे र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिको रुपमा आवश्यक सामग्री तथा विभिन्न शुल्कहरु वितरण गर्दै आएको छ ।

    विभिन्न दाताहरुको सहयोगबाट संघले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दैआएको संघका अध्यक्ष सिद्धिगोपाल मानन्धरले बताउनु भयो । कक्षा एकदेखि १० कक्षासम्म अध्ययन गर्ने गरिव र जेहेन्दार विद्यार्थीहरु छनोट गरी उनीहरुको लागि आवश्यक पर्ने दैनिक शैक्षिक सामग्री तथा अन्य सहयोग संघले उपलब्ध गराउँदै आएको र अहिले अत्यन्तै कमजोर आर्थिक अवस्था भएका ३ जना छात्र छात्राहरुलाई ११ र १२ कक्षालागि पनि छात्रवृत्ति दिदै आएको उहाँको भनाइ छ । कतिपय अवस्थामा संघको सहयोग र समन्वयमा अध्ययनरत विद्यार्थीहरु सक्षम भएपछि आत्मनिर्भर बनाउने उद्देश्यले जागिर लगाइदिने समेत गरेको छ । संघले शिक्षा, स्वास्थ्य तथा मानव धर्मको क्षेत्रमा समेत काम गर्दै आएको छ ।

    संघका अध्यक्ष सिद्धिगोपाल मानन्धरको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, ईमेज च्यानल टेलिभिजनका महाप्रबन्धक रघुवर भक्त मानन्धर, बनेपा वडा नं. ८ की वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश मानन्धर लगायतको सहभागिता थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्