विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समिति वागमती प्रदेश सभा तथा दोश्रो अधिवेशन बागमती प्रदेश अध्यक्ष प्रवीण घिमिरेको अध्यक्षतामा केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारी, बागमती प्रदेश मन्त्री मा. रामकृष्ण चित्रकार, ब्यासाचार्य किशोर कुमार गौतम लगायतका धर्मानुरागी महानुभावहरुको समुपस्थितिमा मकवानपुर हेटौंडामा सम्पन्न भएको छ । बागमती प्रदेशका १३ वटै जिल्लाहरुबाट सक्रियताका साथ उपस्थिति रहेको थियो । उत्त अधिवेशनले विश्व हिन्दु महासंघ बागमती प्रदेश कार्यकारिणी समिति चयन भएको छ । उक्त कार्य समितिमा अध्यक्षमा उपाध्यक्ष प्रविण घिमिरे, उपाध्यक्षमा हय गृव आचार्य, मकवानपुर र बिष्णु वहादुर चन्द, ललितपुर, सचिबमा अर्जुन प्रसाद सापकोटा, काभ्रेपलान्चोक, सह–सचिबमा पदम राज पाठक, दोलखा र नवराज घिमिरे, रामेछाप, कोषाध्यक्षमा हरि प्रसाद भट्ट, चितवन, सह–कोषाध्यक्षमा विमला न्यौपाने, काठमाडौ र साबित्र दाहाल लामिछाने, काभ्रेपलान्चोक, सदस्यहरुमा कान्ता ढकाल, सिन्धुली, दिपक पौडेल, सिन्धुपाल्चोक, अप्सरा आचार्य, रसुवा, सरिता अधिकारी, नुवाकोट, श्याम गोपाल श्रेष्ठ, रामेछाप, केदार प्रसाद पौडेल, काभ्रेपलान्चोक, भिम प्रसाद तिमल्सिना, काभ्रेपलान्चोक, विन्दा लामिछाने, काठमाडौ, सपना पौडेल (वाग्ले), काठमाडौ, विनिता खड्का, काठमाडौ, चिरञ्जीवी शर्मा घोरासाइने, सिन्धुली, सिताराम वर्तौला, मकवानपुर लगायत ५१ सदस्यीय समिति चयन गरेको छ ।
