पनौती, पनौती नगरपालिका न्यायिक समितिको आयोजनामा भएको मेलमिलापकर्ता भेलामा उत्कृष्ट मेलमिलापकर्ता सम्मान –२०८० बाट वडा नम्बर ९ का माधव प्रसाद हुमागाई सम्मानित भएका छन । उनलाई नगद पुरस्कार सहित नगर प्रमुख रामशरण भन्डारी, उपप्रमुख गीता बन्जारा , प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने लगायतले प्रमाणपत्र , नगद रु ५५५५÷ सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
उपप्रमुख गीता बन्जाराको अध्यक्षता तथा प्रमुख राम शरण भन्डारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने, मेलमिलाप कर्ताहरु रमा तिमल्सिना, लोकनाथ सापकोटा लगायतले आ आफ्नो मन्तव्य राखेका थिए ।न्यायिक समिति सदस्य महेन्द्रलाल श्रेस्ठले स्वागत गरेको कार्यक्रममा प्रमुख भन्डारीले मेलमिलापकर्ताको भुमिका अब्बल हुने ढङले कार्य गर्न नगर सदैव मेलमिलापकर्ताको हितमा आबश्यक कार्य गर्न तयार रहेको बताए । भेलालाई सम्बोधन गर्दै उप प्रमुख बन्जाराले न्यायिक समितिका विबाद निरुपणमा मेलमिलापकर्ताले अत्यन्त सर्हानिय कार्य गरेको, आफु जहिले नि मेलमिलापकर्ताहरुको साथ रहेको र आगामि दिनमा यसको निम्ति आबश्यक बजेट राख्न पहल गरिने बताइन । प्रदिप सापकोटाले सन्चालन गरेका थिए ।
