IMG-LOGO

खैरो हिरोईन सहित २ पक्राउ

 मंगल, असार ५, २०८०  ---

 

    बनेपा नगरपालिका ८ बाट खैरो हिरोईन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपा र लागूऔषध नियन्त्रण ब्युरोसहितको प्रहरी टोलीले काभ्रे तेमाल गाउँपालिकाकी १९ वर्षीया युवती र भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका ९ का ३० वर्षीय युवकलाई पक्राउ गरेको हो । जेठ ३२ गते राति ८ बजेको समयमा ६५ ग्राम खैरो हिरोइन, डिजिटल तराजु १ थान, ३ लाख १९ हजार रुपैयाँ र आइफोन–११ एक थान बरामद गरेको प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो । पक्राउ परेका दुबैजनालाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसुरमा ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्