राष्ट्रिय दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय गरेसँगै जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड काभे्रले विरोध गरेको छ । सरकारले आर्थिक वर्ष २०८०÷०८१ देखि बोर्ड खारेज गर्ने निर्णय गरेको विरोधमा शुक्रबार काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघले पत्रकार सम्मेलन गरेको थियो । सघंका अध्यक्ष नारायण प्रसाद बडालले देशको कूल राष्ट्रिय आयमा ठूलो योगदान पु¥याइरहेको डेरी उद्योगको नियमक निकाय खारेजी हुनु दुःखद् रहेको बताउँदै सरकारको यस निर्णयले डेरी क्षेत्रलाई थप जोखिमतर्फ धकेलेको र यस विरुद्व आफूहरु आन्दोलनमा समेत उत्रने बताउनुभउको छ । डेरी उद्योगसँग सरोकार राख्ने संघ÷संस्थाहरु नेपाल डेरी साइन्स एशोसिएसन, नेपाल डेरी एशोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ, केन्द्रीय पशुपन्छी तथा मत्स्र्य विकास सहकारी संघ, नेपाल एनिमल साइन्स एशोसिएसन लगायतका निकायहरुले सरकारको यसअघिनै ध्यानकर्षण गरिसकेका छन् । सहरको पैसा गाउँमा ,गाउँको उत्पादन सहरमा पुर्याउने मुख्य पुलको भूमिका खेल्दै आएको बोर्ड नै खारेज हुन लागेको प्रति हाम्रो आपति छ बडालले भन्नुभयो । पत्रकार सम्मेलनमा केन्द्रीय दुग्ध सहकारी संघ ,लेखा समिती सदस्य शिव कोइराला, सघंकी उपाध्यक्ष लिला नेपालले बोर्ड खारेज गर्ने निर्णय जायज नभएको बताउनुभएकोे थियो । सहभागीले लम्पी स्किन रोगको महामारी रोक्न सरकारले ठोस कदम चाल्न आवश्यक रहेको समेत बताएका थिए ।
