IMG-LOGO

बचत संघ काभ्रेले तरलता व्यवस्थापन कोषको निर्माण ग¥यो     साकोसहरुको संस्थागत विकासका लागि सक्षम जिल्ला संघ भन्ने उदेश्यका साथ स्थापित

 मंगल, असार ५, २०८०  ---

देशकै नमूना एवम् ख्याती प्राप्त काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले आफ्नो स्थापना कालदेखी नै सदस्य संस्थाहरुको विकास, प्रवद्र्धन तथा सदस्य संस्थाहरुको लागि बहस एवम् पैरवीबाट सहकारी संस्थाहरुको हक स्थापित गर्ने कुरामा समर्पित हुदैँ आएको छ । बचत संघले विश्वव्यापी रुपमा देखा परेको आर्थिक मन्दी र त्यसले नेपालको अर्थतन्त्रमा पारेको असर साथै बैंक तथा वित्तिय संस्थाहरुमा पनि त्यसको ठुलो प्रभाव देखा परेको छ । सहकारीको मूल्य मान्यता र सिद्धान्तमा चल्दा चल्दै पनि केही व्यक्तिहरुले वित्तिय अफवाह फैलाई सहकारी प्रति अविश्वास पैदा गराउने किसिमको कार्य गरी सहकारीलाई नै कमजोर बनाएको हुदाँ ती संस्थाहरुको संघले स्थलगत अनुगमन एवं निरीक्षण गरी प्रयाप्त आधारहरु देखिएमा ती संस्थाका संचालक समितिका पदाधिकारीहरुको धितो लिई तरलता व्यवस्थापन शिर्षकमा लगानी गर्ने उद्देश्यले कोष निर्माण गरिएको संघका प्रबन्धक गुरु प्रसाद ढकालले बताउनुभयो । संचालक समितिको २०८० जेष्ठ १२ गते बसेकोे बैठकको निर्णयानुसार रु ५ करोडको कोष निर्माण गर्ने र कोष परिचालनको लागि कार्यविधिको मस्यौदा तयार गर्नसंघका कोषाध्यक्ष जिवन श्रेष्ठको संयोजकत्वमा ४ सदस्य सहितको कार्यदल गठन गरेको छ । सदस्यमा विन्धवासिनी साकोसका प्रमुख कार्यकारी अधिकृत के.वि. लामा, सामुदायिक साकोसका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेत, आभाष साकोसका प्रमुख व्यवस्थापक सुभाष बैध र बचत संघका प्रबन्धक गुरु प्रसाद ढकाल लगाएतलाई कार्यविधि तयार गर्न जिम्मेवारी प्रदान गरेको छ । संघले यस्तो विषम परिस्थितिलाई मध्यनजर गर्दै संस्थामा गई संस्थाका संचालक समितिका पदाधिकारी र व्यवस्थापन प्रमुखहरु सँग प्रत्यक्ष भेटघाट गरि आवश्यक राय, सल्लाह सुझाब संस्थाको समस्या र समाधानका उपाय सहित उचित मार्गदर्शन प्रदान गर्दै आएको कुरा संघका उप प्रबन्धक रवि के.सीले बताउनुभयो । काभ्रेका सहकारी संस्थाहरु सहकारी ऐन, नियमावली, संस्थाको विनियम, नीति, विधि, प्रविधि र सुशासनमा संचालित संस्थाहरुलाई सहयोग र सहकार्य गरि अगाडी बढने कुरामा संघ तयार रहेको बताउँदै उक्त कोष निर्माणले काभ्रेको साकोस अभियालाई थप मजबुत एवं बलियो बनाउने कुरामा आपूm विस्वस्त रहेको कुरा संघका अध्यक्ष उदयराम कायस्थले बताउनुभयो । जिल्ला बचत संघमा ३ सय १० संस्थाहरु आवद्ध रहेको कुरा सचिव सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्