बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य सहितको टोलि एक हप्ताको लागि भ्रमणमा गएका छन । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा र प्रशासकिय अधृकृत शिवप्रसाद हुमेगाई छिमेकी मित्रराष्ट्र चिनको सिगात्से नगरपालिकाको निमन्त्रणामा एक हप्ताको लागी चिनको भ्रमण गएका हुन । जुन १६ देखी २१ तारिक सम्म चल्ने कल्चरल टुरिजम फेष्टिभलमा नगरप्रमुख सहित उपप्रमुख र प्रशासकिय अधृकृत सहितको टोलि मित्रराष्ट्र चिनको सिगात्से नगरपालिकाको निमन्त्रणामा गएका हुन् । करीब एक हप्ताको निमन्त्रणामा चिन भ्रमणमा विभिन्न विषयमा छलफल र भोलिका दिनमा त्यहाँ भएका विकास र त्यहाको नगरपालिकामा के कसरी चरणबद्ध दिगो लक्ष्य विकासका सवालहरु कसरी भईरहेको छ भन्ने विषयमा पनि छलफल हुने नगरप्रमुख शाक्यले जानकारी दिए । बनेपा नगरपालिका र चिनको सागात्से नगरपालिका भगिनी सम्बन्ध रहेको समेत उनले जानकारी दिए । यो पहिला देखी ने यसको सम्बन्ध रोकिउको थियो । अब पहिलाको सम्बन्धलाई प्रगाढ बनाउने र चिनको व्यापार सम्बन्धलाई पनि बिस्तार गर्ने उदेश्य रहेको नगर प्रमुख शाक्यले जानकारी दिए । स्थानीय निर्वाचन २०७९ मा निर्वाचित भएपछि पहिलो विदेश भ्रमण हो । बनेपा नगरपालिका नगरप्रमुख शान्तिरत्न शाक्य एक साता लामो चिन भ्रमणमा जानु अघि बनेपा वडा नं ७ का वडा अध्यक्ष हिटलर शाक्यलाई कार्यवाहक प्रमुखको जिम्मा दिएका छन् । २०८० असार १ गतेदेखी लागु हुनेगरी आफू नफर्किए सम्मका लागि भन्दै नगर प्रमुख शाक्यले वडा अध्यक्ष हिटलर शाक्यलाई कार्यवाहक नगर प्रमुख दिएको उनले जानकारी दिए ।
