अपरेशनल खर्च किफायति हुने, वातावरण मैत्री इलेक्ट्रीक साइकल बजारमा आएको छ । काठमाण्डौ विश्व विद्यालयका प्रोफेसर डा. डेनीयल तुलाधार र इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक इन्जीनियर सुरेश सापकोटाले संयुक्त रुपमा इलेक्ट्रीक साइकल निर्माण गर्नुभएको हो । ३० देखी ३५ हजारको चार्जएवल इलेक्ट्रीक ब्याट्रीबाट चल्ने साइकल ६५ हजार देखी ७० हजार लागतमा निर्माण हुनेछ । साढें ४ घण्टा चार्ज गर्दा साइकल ४० किलोमिटर स्पीड गुड्छ । मोटर, कन्ट्रोलर, एक्सीलेटर र चार्जएवल ब्याट्री समावेश गरी बनाएको साइकल मर्मत संहारमा समेत कम खर्च हुन्छ । १२ डिग्री उकालोमा समेत पाउदानी नचलाइ प्रतिघण्टा ४० किलोमिटर सम्मको स्पीडमा दौडिन्छ । व्यक्तिले आफँले साइकल उपलब्ध गराएमा ५० देखी ५५ हजार सम्ममा इलेक्ट्रीक चार्जएवल साइकल निर्माण हुने इन्जीनियर सुरेश सापकोटाले काभे्रटाइम्सलाई बताउनुभयो । निकट भविष्यमै खेतबारी जोत्ने ट्याक्टर, मोटरबाइक, स्कुटर निर्माण गर्ने तयारी गरेको जनाइएको छ । इलेक्ट्रीक साइकल बनाउनु परेमा ९८६६१९५७७१ मा सम्पर्क गरी बुझ्न सकिने छ । विहिबार बनेपा नगरपालिकामा इन्जीनियर सुरेश सापकोटाले निमार्ण गरी ल्याएको इलेक्ट्रीक साइकल बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले चढेर गुडाउनुभएको थियो ।
