IMG-LOGO

आदिपुरुषको प्रदर्शन देशभरी नै रोक्ने निर्णय

 मंगल, असार ५, २०८०  ---

 

        वितरक कम्पनी ब्यांकटेस फिल्मले आदिपुरुषको प्रदर्शन सोमबारदेखि देशैभरी रोक्ने निर्णय गरेको छ । काठमाडौंका सिनेमाघर संचालकहरुले काठमाडौं महानगरपालिकाको आधिकारिक पत्र बिना नै फिल्म प्रदर्शन रोक्ने निर्णय गरेपछि यसप्रति आपत्ति जनाउँदै कम्पनीले देशैभरी फिल्मको प्रदर्शन रोक्ने निर्णय गरको कुरा वितरक कम्पनीका निर्देशक मनोज राठीले बताए । यस अघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनपछि काठमाडौंमा यो फिल्मको प्रदर्शन रोकिएको थियो । साथसाथै पोखरा महानगरपालिका, धरान उपमहानगरपालिका लगायत केही अन्य स्थानीय तहले पनि फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्