विश्व वातावरण दिवस २०२३ को अवसरमा माटो बचाउ अभियान अन्तरगत “प्राकृतिक खेति प्रविधि” सम्बन्धि १ दिने अभिमुखिकरण तालिम बनेपा-४ मा रहेको चामुण्डा पार्टि भेन्यूमा आइतबार सम्पन्न भएको छ । हरियाली अभियान प्रा.लि का अध्यक्ष गोपाल भण्डारीको प्रमुख आतित्थ्यता एवं महिला जागरण समूहकी अध्यक्ष निर्मला श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बनेपा नगरपालिका वातावरण शाखा प्रमुख धु्रवराज नेपाल, कृषी शाखा प्रमुख दिपेश दुलाल, ओक्राल्याण्ड बिजनेस प्रा.लिका पुष्प शाहीले माटो बचाउ अभियानको प्रस्तुति, वातावरण सम्बन्धि भएका कार्यक्रम, वातावरणीय अनुकुलन सम्बन्धि भावी कार्ययोजना, नगरको उदेश्य लगायतका बारेमा आ-आफ्नो प्रस्तुति दिनुभएको थियो । महिला जागरण समूहको आयोजना एवं प्राकृतीक रिसोर्सेस सेन्टरको सहयोगमा सम्पन्न भएको कार्यक्रममा बहुसरोकार मञ्चका सदस्यहरु लगायत कृषी समूहका प्रतिनिधिहरुको उपस्थिती रहेको सहजकर्ता भवानी श्रेष्ठले जानकारी दिनुभयो ।
