साकोसहरुको संस्थागत विकासको लागि सक्षम जिल्ला संघको उदेश्य बोकेको जिल्ला बचत संघ काभे्रले सञ्चालकहरुलाई क्षमता बिकास आधारभूत तालिम बल्थली माउन्टेन्टेन रिसोर्ट पनौतीमा सम्पन्न भयो । शुक्रबार बचत संघका सल्लाहकार द्घय सम्भुलाल श्रेष्ठ र रतिर्थमाया प्रधाानले संयुक्त रुपमा तालिमको उद्घाटन गर्नुभएको हो । बचत संघका अध्यक्ष उदयराम कायस्थको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सुरेन्द्र पौडेलले गर्नुभएको थियो ।
उक्त तालिकामा प्राविधिकको सहयोग नेपाल बचत तथा ऋण केन्द्रीय संघको रहेको थियो । सहकारीको संस्थागत संरचनाको विकास, समिती उप समितीको काम कर्तव्य र अधिकार साकोस सञ्जालको परिचय भूमिका र जिम्मेवारी, बचत तथा ऋण सहकारीकम अन्तरराष्ट्रिय सिद्घान्त र व्यवहारीक प्रयोग, सहकारीको आन्तरीक नियन्त्रण प्रणालीको आधार र अभ्यास सहकारीमा प्रभावकारी बैठक सञ्चालन भूमिका अधिकार जिम्म्ेवारी, प्रभावकारी निणर्य लेखन तथा अभिलेखन व्यवस्थापन, र प्रतिवेदन लेखन र सिकाई योजना विकासका सन्दर्भमा सञ्चालकहरुलाई अनुभवि दक्ष प्रशिक्षकहरुले प्रशिक्षण दिएको कुरा प्रवन्धक गुरुप्रसाद ढकालले बताउनुभयो प्रशिक्षकद्घय भरतप्रसाद न्यौपाने र पे्रम वाग्लेले प्रशिक्षण दिनुभएको थियो । सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति दुवैलाई क्षमता विकास तालिम प्रदान गरिएको हो र कार्यक्रमको सहजीकरण उपप्रवन्धक रविकुमार केसीले गर्नुभएको थियो ।
