भोमी बहुउद्देश्यीय सहकारी संस्था बनेपा ५ ले उक्त संस्थामा आवद्ध ७० वर्ष भन्दा माथिका सदस्यहरुलाई गौरती भिमसेन चौतारामा जेष्ठ नागरिक तिर्थाटन र जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सम्मानित हुनुभएका जेष्ठ नागरिकहरुलाई संस्थाका अध्यक्ष हरिशरण श्रेष्ठले दोसल्ला, निवर्तमान अध्यक्ष सत्य नारायण श्रेष्ठले सगुन, पूर्व अध्यक्ष मोहन कृष्ण श्रेष्ठले उपहार प्रदान गरिएको थियो ।
उपाध्यक्ष हरिबहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा संस्थाका प्रबन्धक सुनैना श्रेष्ठले संस्थाको गतिविधिबारे प्रकास पार्नुभएको थियो भने जेष्ठ नागरिकको तर्फबाट गोपाल प्रधान, संस्थाका श्याम नारायण भालु लगायतले मन्तव्य राख्नुभएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष हरिशरण श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव कान्छा कुमार श्रेष्ठले गर्नुभएको थियो ।
