जापनीज कम्पनीको इन्डियामा निर्मित यमाहा कम्पनीको १२५ सिसीको स्कुटी बजारमा आएको छ । यमाहा कम्पनीको १२५ सिसीको स्कुटी लन्चीङ कार्यक्रममा देशैभरको यमाहा कम्पनीका अधिकृत विक्रेताहरुको स्वरुमबाट लञ्चीङ गरी बजारमा ल्याएको हो । आरम्भ अटोवक्स बनेपाका प्रबन्ध निर्देशक बुद्घरत्न मानन्धरका अनुसार १२५ सिसीको यमाहा कम्पनीका स्कुटी तेल कम खपत हुने, ५० देखी ६० किमी सम्म प्रति लिटर प्रति किमी गुड्ने क्षमता भएको आर्कषक डिजाइन र भरपर्दो रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा काभे्र उद्योग वाणिज्य संघका सल्लाहाकार अशोक श्रेष्ठले उद्घाटन गर्नुभयो । काभे्र उद्योग वणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोके, सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति काभे्रका संयोजक रमेश प्रसाद न्यौपाने, शुभकामना मोटरसाइकल वर्क सप पाँचखालका सञ्चालक दामोदर दुलाल लगाएतको आतिथ्यता रहेको थियो । आरम्भ अटो वर्कसप बनेपाको यमहा स्वरुपको अधिकृत विक्रेताको रुपमा २०६८ सालदेखि यमाहा कम्पनीले उत्पादन गरेका मोटरसाइकल स्कुटीहरु खरिद तथा विक्रि गरेर काभे्र, सिन्धुपाल्चोक, देलखा र रामेछाप जिल्ला सम्म आफ्नो बजार विस्तार गर्न सकेको छ ।
