सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. ७ लामोसाँघुमा श्री सेतीदेवी शारदा माध्यमिक विद्यालयको आयोजनामा पंतजली योग समिति काभ्रेबाट ५ दिने निःशुल्क खुल्ला योग विज्ञान शिविरको आयोजना गरिएको छ । उक्त शिविरको उद्घाटन पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख तथा केन्द्रिय सदस्य ग्रुवेन तौजलेले गर्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक बासु जि.सी.ले स्वागत मन्तव्य गर्नु भएको कार्यक्रममा पंतजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, उपाध्यक्ष प्रकाश कायष्ठ, महिला अध्यक्ष अनु श्रेष्ठ, संगठन मन्त्री श्यामकुमार श्रेष्ठले मन्तव्य राख्नुभएको कार्यक्रमको उद्घोषण पंतजली योग समिति सिन्धुपाल्चोकका महिला प्रभारी कविता राउतले गर्नु भएको कार्यक्रमको सभापतित्व उक्त विद्यालयका संचालक समितिका अध्यक्ष सरला सुवेदीले गर्नुभएको थियो । उक्त निःशुल्क योग विज्ञान शिविर पंतजली योग समिति सिन्धुपाल्चोक, महिला पंतजली योग समिति सिन्धुपाल्चोक र लामोसाँघु योग साधना केन्द्रको समन्वयमा आयोजना भएको थियो ।
