नेपाल जेसीजको नेशनल लेडी एकेडेमी कार्यक्रम आइतबार बनेपामा रहेको हिमालयन दृष्य होटेलमा सम्पन्न भएको छ । बागमती प्रदेश सांसद कन्चनचन्द्र बादेको प्रमुख आतित्थ्यता एवं वर्ष २०२३ की राष्ट्रिय महिला संयोजक जेसी सुमित्रा वादे श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा देशभरिका १ सय २० जना सहभागिहरुलाई अन्तराष्ट्रिय स्तरका प्रशिक्षकहरुले तालिम प्रदान गर्नुभएको थियो । काभ्रे लेडी जेसीजको आतिथ्यतामा सम्पन्न भएको २ दिने तालिममा मधेश प्रदेश विश्वविद्यालयका उप कुलपति तथा नेपाल जेसीजका पूर्वराष्ट्रिय अध्यक्ष सिनेटर दिपक शाक्य, मेचीनगर लेडी जेसीजका संस्थापक अध्यक्ष कविता शर्मा, साईक्याट्रिष्ट सनम पौडेल, मानवअधिकारकर्मी राजु सरकार, महिला अधिकार तथा कानुनी अधिवक्ता कृष्णप्यारी नकर्मी, पाटन लेडी जेसीजका पूर्वअध्यक्ष तथा करिअर काउन्सिलर सुष्मा श्रेष्ठ, काभ्रे लेडी जेसिजका पूर्व अध्यक्ष तथा साहित्यकार सृजना दुवाल, पूर्व मिस नेपाल ईभाना मानन्धरले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति काभे्रका प्रमुख दिपक कुमार गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धर, नेपाल उद्योग वाणिज्य कहासंघका केन्द्रिय उपाध्यक्ष शुरकृष्ण बैद्य, काभ्रे लेडी जेसीजकी अध्यक्ष बुद्दलक्ष्मी मानन्धर लगायतको उपस्थिती रहेको थियो । सन् १९९४ मा स्थापना भएको काभ्रे लेडी जेसीजले यो किसिमको कार्यक्रम १९९८ मा पहिलो पटक गरेको थियो भने अहिले दोस्रोे पटक सम्पन्न गरेकोे हो ।
