बिगब्याङ्ग इन्टरनेशनल एजुकेशनल कन्सलटेन्सीले आफ्नो सेवा बनेपाबाट सुरुवात गरेको छ । शनिबार नेपाल पत्रकार महासंघ काभे्रका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाले उक्त कन्सलटेन्सीको समुद्घाटन गर्दै वैदेशिक अध्ययनका लागि क्यानडा जाने विद्यार्थीहरुलाई छिटो, छरितो र विश्वसनिय सेवा दिन आग्रह गर्नुभयो । कन्सलटेन्सीका डाइरेक्टर शशि तिमल्सिनाले क्यानडाको टोरन्टोमा रहेको बिगब्याङ्गले विद्यार्थीहरुलाई सुसुचित गर्दै सहि सल्लाह मार्फत उच्च शिक्षाका लागि सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । बिगब्याङ्ग इन्टरनेशनल एजुकेशनल कन्सलटेन्सीले क्यानडाका करिब १ सय २४ वटा कलेजहरुसँग शैक्षिक समन्वय गरिरहेको छ । ६ जना युवाहरु मिलेर खोलेको बिगब्याङ्ले विद्यार्थीहरुलाई आर्थिक सहजिकरण गर्दै विश्वसनीय कमाएको कुरा सञ्चालक जयराम कुइकेलले जानकारी दिनुभयो ।
