नेकपा एमाले काभे्रले जिल्ला परिषद भेला भब्यरुपमा सम्पन्न गरेको छ । दक्षिणपन्थी अवसरवाद र सांगठनिक आरजकतालाई पारिजात गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं भन्ने नारालाई स्थापित गर्न नेकपा एमाले काभे्रले दशौं जिल्ला अधिवेशन पश्चातको प्रथम जिल्ला प्रतिनिधि परिषद बैठक शनिबार धुलिखेलमा सम्पन्न गरेको हो । एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्नुभएको भेला कार्यक्रममा बैठकले १० बुँदे घोषणा पत्र जारी गरेको छ । पहिलो प्रतिनिधि परिषदबाट बैठकबाट पारित प्रस्ताव धुलिखेल घोषणा पत्र नेपाली प्रजातान्त्रिक आन्दोलन तथा कम्युनिस्ट आन्दोलनका क्रममा जीवन उत्सर्ग गनुृहुने महान सहिदहरुप्रति भावपूणर् श्राञ्जली व्यक्त गर्दै नेपाली क्रान्तिका नविन विचारक जननेता मदन भण्डारी, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमे्रड पुस्पलाल श्रेष्ठ, प्रथम निर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारीको योगदानलाई स्मरण गर्दै भावपूणर् श्रद्घाञ्जली अर्पण गर्दछ । नेपाली जनताको मुक्तिको लागि क्रियासिल रहँदैको बखत दिवंगत हुनुभएका पार्टीका जिल्ला कमिटी सदस्यहरु कम्रेड जगनाथ अधिकारी, राजकुमार तामाङ, जनआन्दोलनका घाइते मुकेश कायस्थ प्रति श्रद्घाञ्जली अर्पण गर्दै नेपालका प्रधानमन्त्री भारत भ्रमणका क्रममा देशको राष्ट्रिय अखण्डता , अस्मिता हित विपरित भएको सबै कामको घोर निन्दा गर्दै सबै देश पे्रमी नेपाली जनताहरुलाई राष्ट्रिय हितका पक्षमा आवाज बुलन्द गर्दै सरकारको बिरोधमा उत्रन आव्हन गर्दछ । नेकपा एमाले काभे्रले १० औं जिल्ला अधिवेशनबाट प्रारित सम्वृद्घ काभे्र सुखि काभे्रलिको आकांक्षा अनुसारको विकारस परियोजनाहरु सिघ्र कार्यान्वयन गर्न आग्रह गर्दछ ।
निकम्बी गठबन्धन सरकारले काभे्रका विकासहरुका योजनाको बजेटको कटौती गरेर जनविरोध कार्य गरेकोमा घोर भर्तसना गर्दै जनाताका विकासको अधिकारलाई मौलिक अधिकार हो भन्ने विषयमा ध्यान केन्द्रित गर्ने लगायतका १० बुँदे घोषणा पत्र जार िगरेको छ । १०औं जिल्ला अधिवेशनमा सहभागी भएका १ हजार ३ सय ४८ प्रतिनिधिहरु परिषद सदस्यको रुपमा रहेका थिए । काभे्रका १३ वटै स्थानीय निकायमा गठन भएका पार्टि कमिटिहरुबाट एमाले पार्टीलाई सुसँगठित गरी गतिशील बनाई आगामी २०८४ को निर्वाचनमा १ नम्बर पार्टी बसरी बनाउन सकिन्छ भन्ने विषयमा सुझाव संकलन गरेको कुरा एमाले काभे्र सचिव राजन भूर्तेलले जानकारी दिनुभयो । एमाले पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटा, केन्द्रीय कमिटी सदस्य रेशम लामा, एमालेका काभे्र उपाध्यक्ष चन्द्र लामा, सहसचिवद्घय रिता ढकाल, राजकुमार सापकोटा लगाएतको आतिथ्यता रहेको थियो । एमाले काभे्रका अध्यक्ष अशोक व्याञ्जुको सभापतित्वमा सम्पन्न भेलाको सञ्चालन पार्टी सचिव राजन भूर्तेलले गर्नुृभएको थियो ।
