IMG-LOGO

वृति मार्ग-निर्देशन तथा रोजगार मेलाले जगाएको आसा

 मंगल, जेठ ३०, २०८०  - हरिनाथ न्यौपाने

 

                 काभ्रे जिल्लामै पहिलो पटक भएको वृत्ति मार्ग-निर्देशन तथा रोजगार मेला शनिबार सम्पन्न भएको छ । बनेपाको लायकु परिसरमा शुक्रबार र शनिबार बनेपा नगरपालिका र पनौती नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको मेलामा अबलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । रोजगारीको खोजीमा रहेका युवायुवती, विद्यार्थीहरुलाई उनीहरुको वृत्ति मार्ग निर्देशन गर्ने तथा उनीहरुको भेट रोजगारदाता र सेवा प्रदान गर्ने सरकारी, गैह्र सरकारी निकायहरुसंग गराउने उद्धेश्यले मेलाको आयोजना गरिएको बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले जानकारी दिनुभयो । ‘मेरो वृत्ति मेरो खोजी, मेरो सिप भविष्यको दीप’ भन्ने मूल नाराको साथ सम्पन्न मेलाले रोजगार खोज्ने र रोजगार दिनेहरुलाई एकै स्थानमा ल्याई उनीहरुबीच पुलको काम गर्ने विश्वास लिएको थियो । हेल्भेटास नेपालको प्राविधिक सहयोग, प्राविधिक तथा व्यवसायिक तालिम शिक्षालयहरु, काभ्रे उद्योग बाणिज्य संघ, पनौती उद्योग बाणिज्य संघ, जिल्ला पत्रकार महासंघ, होटल महासंघ धुलिखेल, नेपाल घरेलु तथा साना उद्योग महासंघ, कम्प्यूटर महासंघ काभ्रे, रोटरी क्लब पनौती लगायत अन्य विभिन्न संघ सस्था तथा सरोकारवालाहरुको सहकार्यमा संचालन भएको मेलाबाट वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी, सीपमूलक तालीम दिने संस्थाहरुको प्रदर्शनी र तालीमबारे जानकारी, रोजगार सम्बन्धी सूचना दिइएको थियो । मेलामा विभिन्न उद्योग व्यवसायहरुबाट १८ वटा, विभिन्न उद्योग संघ, संस्थाहरु बाट ९ वटा, अटोमोबाईल ब्यवसायी तथा संघ, महासंघबाट ३ वटा, घरेलु तथा साना उद्योग, लघु उद्योगहरुबाट ६ वटा, सामाजिक विकास मन्त्रालय / दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो बाट १ वटा, प्राविधि शिक्षालयहरुबाट ६ वटा, इलाका प्रहरी, ईन्सुरेन्स कम्पनीहरु लगायतका ५ वटा गरी जम्मा ४८ वटा स्टलहरु रहेका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्