IMG-LOGO

कृषकहरुलाई भुसा काट्ने मेशिन वितरण

 मंगल, जेठ ३०, २०८०  ---

                  धुलिखेल, पशुपालक कृषकहरुलाई घाँस पराल काट्न सहजता प्रधान गर्न, दुधजन्य पदार्थ उत्पादनमा वृद्दिल्याउने उदेश्यका साथ धुलिखेल नगरपालिका पशुपन्छीं शाखाले कृषकहरु र व्यवसायिक फर्म सञ्चालन गर्ने कृषकहरुलाई भुसा काट्ने मेसिन (च्यापकटर) वितरण गरेको छ । बुधबार आयोजित कार्यक्रममा धुलिखेल नगरपालिका नगरप्रमुख अशोक व्याञ्जुले कृषकहरुलाई भुसा काट्ने मेशिन हस्तारणतरण गर्नुभयो । धुलिखेल नगरका १ देखि १२ वडाका ७० जना कृषकहरुलार्ई भुसा काट्ने मेशिन वितरण गरेको धुलिखेल नगरपालिका पशुपंछी शाखा प्रमुख पुरुषोतम हुमगाइले काभे्रटाइम्सलाइ जानकारी दिनुभयो । १० जना व्यवसायिक कृषक र ६० जना कृषकहरु दुई भन्दा बेसी पशुपालन गर्ने कृषकहरुलाई भुसा काट्ने मेशिन प्रदान गरेको जनाइएको छ । नगरपालिकाकोे ११ लाख ५० हजार  र कृषकहरुको  ११ लाख ५० हजार गरी २३ लाख बजेटमा भूसा काट्ने मेशिन ५० प्रतिशत अनुदानमा बितरण गरिएको हो ।

                  उक्त मेशिनको प्रतिवटा २९ हजार मुल्यमा खरिद गरेको पशुपंछी शाखाले जनाएको छ । पशु स्वास्थ्य शिवीर, भ्याक्सीनेसन कार्यक्रम, पशु विमा गर्ने कृषकहरुलाई १५ प्रतिशत अनुदान प्रदान गरेको कुरा धुलिखेल नगरपालिका पशुशाखा अधिकृत पुरुषोतम हुमगाईले काभे्रटाइम्सलाई बताउनुभयो ।  गतवर्ष १ हजार ५ सय गााइभैंसी र बाख्राहरुको विमा गरेबापतको १५ प्रतिसत अनुदान दिइएको जनाएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र थापा मगर, डाक्टर शरण धिताल लगाएतको आतिथ्यता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्