IMG-LOGO

कृषकले समयमा मलखाद विउ विजन प्राप्त गर्न नसकेको भन्दै प्रजिअलाई ज्ञापन पत्र

 मंगल, जेठ ३०, २०८०  ---

                  जुन सरकार आए पनि कानै चिरेको भनेभैm कृषकहरुले बालीनाली लगाउने समयमा हरेक वर्ष मलखाद र विउविजन प्राप्त गर्न सकेका छैनन् । आखिल नेपाल किसान महासंघ जिल्ला कमीटी काभ्रेले किसानहरुको हक अधिकारलाई स्थापित गर्न निरन्तर लागि परेको छ । काभ्रे जिल्लाका १३ वटै स्थानीय तह र जिल्ला प्रशासन कार्यालय काभ्रेमा समेत ज्ञापन पत्र बुझाएको छ । हरेक पालिकाका किसान संघका पदाधिकारीको टोलीले किसानहरुले समयमा नै मलखाद विउविजन प्राप्त गर्न सकुन भनेर ध्यानवणर्ण सहित स्थानीय सरकारका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएको अखिल नेपाल किसान महासंघ काभ्रेका अध्यक्ष श्यामसुन्दर चौलागाइले काभ्रे टाइम्सलाई बताउनु भयो । कृषकहरुको आवश्यकता अनुसार विउविजन मलखाद उपलब्ध गारइयोस, पालिकाको कुल बजेटको २० प्रतिशत बजेट कृषिक्षेत्रमा विनियोेजन गरियोस, हरेक स्थानीय तहको वडामा कृषि उपजको संकलन केन्द्र र विक्रि प्रबन्ध गरियोस, कृषि उत्पादनको न्यूनतम खरिद मुल्य तोकियोस, उत्पादनमा आधारित अनुदानको व्यवस्था गरियोस, कृषियोग्य जमिनमा सिंचाइको प्रबन्ध गरियोस, वर्षातको समयमा पानी जम्मा गर्ने एक टोल एक पोखरी निर्माण गरियोस, अनुदानमा वितरण गरिने कृषि समाग्री तथा औजनाहरु बजारमुल्य भन्दा महगोंमा खरिद नगरियोस र किसानहरुलाई सर्वसुलभ ढङ्गबाट उपलब्ध गराइयोस, प्रत्येक वडामा कृषि तथा पशु स्वास्थ्य प्रविधिकको व्यवस्था गरियोस, किसान परिचयपत्रको व्यवस्था र कृषकलाई नियमित समय सापेक्ष तालिमको प्रवन्ध गरियोस, किसानहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराइयोस र कुषि उत्पादनको निःशुल्क विमा गरीयोस, उत्पादन अनुसारको सित भण्डार र भौगोलिक विशेषता अनुसारको पकेट क्षेत्र निर्माण गरियोस लगाएतका १० माग पत्र अखिल नेपाल किसान महासंघ काभ्रेका अध्यक्ष श्यामसुन्दर चौलागाइले हस्ताक्षर गरेको ज्ञापन पत्रमा उल्येख गरेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्