काभे्रको बेथानचोकमा हाईकिङमा गएका युवाको आठ घन्टापछि उद्घार गरिएको छ । हाइकिङमा जाँदा भीरबाट लडेर खोचमा अड्किएका भुम्लु गाँउपलिका वडा नं ७ फलाँटेका २४ वर्षका सुमन खड्काको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसँगै स्थानीयको सहयोगमा उद्धार गरिएको हो । शनिबार बेथानचोक नारायण स्थान मन्दिर घुम्न जाने क्रममा महाभारत जंगलमा राति १० बजे हेल्मेट खसेर टिप्न खोज्दा भीरबाट उनी खसेका थिए । इलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी रेशम बोहोराले घाईतेको उपचार गर्न धुलिखेल अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको जानकारी दिनुभयो ।
