IMG-LOGO

पनौतीको ज्या ःपुन्ही अर्थात हिलेजात्रा सम्पन्न

 मंगल, जेठ २३, २०८०  ---

 

       पनौती÷पनौतीमा जारी यो वर्षको ज्या ःपुन्ही अर्थात हिलेजात्रा आइतबार सम्पन्न भएको छ । तिन दिनसम्म चल्ने यो जात्रालाई ज्या ःपुन्ही अर्थात काम काजको मिचोमा पर्ने यो जात्रालाई पहिले पहिले  घुमे जात्रा भन्ने चलन थियो ।  यस जात्रामा टाढाटाढा घुम छाता (पातको छाता ) बेच्न पनौती बजार  लगायत अन्य ठाउँमा ल्याउने गरिन्थ्यो । त्यतिबेला घुम छाता ओढेर वर्षयाममा धान रोप्ने चलन थियो । ‘जेष्ठ शुक्ल पूर्णिमाको दिन  जात्रा नमान्ने र मंसिर पूर्णिमाको रात निन्द्रा नपु¥याउनेले कहिल्यै सुख पाउँदैन’ स्थानिय बुढापाकाको भनाईमा पनौती जात्रामा सामेल हुनै पर्ने परम्परागत तथ्य पनि छ । त्रयोदशीदेखि पूर्णिमाको रात रहुन्जेल जात्रा मनाउँछन पनौतीवासी । भोलिपल्ट देखि  खेतको काम थाल्ने चलन छ यहाँ । जात्रा सकेर खेतमा रोपाइँ गर्ने परम्परा पहिल्यैदेखि चलिआएको यसलाई हिलेजात्रा अर्थात ज्या ःपुन्ही  पनि भनिन्छ । जात्रा मानएको चार दिनदेखि  पनौतीमा हावाहुरी चल्छ अनि वर्षा शुरु हुन्छ । यहाँको जनविश्वास अनुसार जात्राको अन्तिम दिन पनि वर्ष हुनै पर्छ ।  प्रत्येक वर्ष यस्तै हुँदै पनि आएको छ ।

       किवंदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारीपट्टिका ब्रम्हायणी र भद्रकालीको पूजा यर्न जान समस्या परेपछि ललितपुरको बुङ्मतीबाट बासुकी नाग पनौती आएर पुण्यमाताको उर्लदो बाढीमा पुलजस्तै तेर्सो परी  देवतालाई तार्ने काम गरेका थिए ।  त्यसैको स्मरणमा जात्रा सुरु गरिएको  मानिदै आइएको स्थानिय बताउछन् । ५० मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रियोदशीको दिन नागको प्रतिकको रुपमा दुईवटा बाँस ते¥स्याइने र एक घण्टा लगाएर तर्ने गरिन्छ । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थाीनय पर्व मध्येको ठुलो जात्राका रुपमा लिइन्छ । जात्रा अन्तरगत त्रीयोदशीको दिन  खोला तर्ने काम सकिएपछि  चतुर्दशीका दिन  पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा पूजाअर्चना गरिन्छ । साथै, इन्दे्रश्वर  महादेव मन्दिरको पूर्वमा रहेको गणेशमूर्तिलाई खटमा राखी धुमधामका साथ नगरपरिक्रमा गराइन्छ ।

       जात्राको मुख्य आकर्षक अर्थात पूर्णिमाको दिन सबेरै बजारमा भद्रकाली , महादेव र इन्द्रेश्वरका तीन रथको भागदौडसँगै यौन क्रियाकलापमा रमाउँदै  एकआपसमा जुधाउने काम हुन्छ । स्थानीयवासीको भनाइमा  पूर्णिमाको दिन  भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन । महादेव भने त्रिवेणीमा हामफाली लुक्छन तर त्यहाँ पनि भद्रकालीले नछोडेपछि महादेवले उन्मत भैरवको रुपधारण गरी भ्रदकालीलाई भगाउँछन । भाग्ने र पिछा गर्ने कार्यका रुपमा रथ जुधाइन्छ । रथ जुधाइएसँगै अविरजात्रा पनि हुन्छ । लखेट्दै गएर भैरवले  चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्क्र दिन्छन भने अगाडिबाट आएका इन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन । सोहि क्रममाम ब्रम्हायणी भने शान्त स्वभाव प्रस्तुत हुन्छिन् । धामर््िाक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनजन्य प्रस्तुतिका रुपमा लिइन्छ । 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्