धुलिखेल –८ बडालगाउँ, ठुल्ढुङ्खे, बडालगाउँ खानेपानी मुहान नजिकै बे्रकर ढुङ्खा निकाल्दा उपभोक्ताहरुले आइतबार प्रदर्शन गरेका छन । १ सय २३ घर धुरिका करीव सात सय ५० जनाले उपभोग गर्ने पानीको मुहान नजिकै धुलिखेल ८ कै स्थानीय इन्द्रमान तामाङले बलप्रयोग गरेर बे्रकर चलाएर जनहित विपरित कार्य गरेको स्थानीय अशोक केसीले बताए । धुलिखेल –८ का वडा अध्यक्ष विनोद गौतमले इन्द्र मान तामाङले निवेदन दिएपछि कि नं १५७ र १८० को ५ रोपनी ३ आना ३ पैसा २ दाम जग्गामा डोजर लगाई जग्गा खार्न माग गरेकाले नियमअनुसार निजलाई आवश्यक गरिदिनुहुन भनि धुलिखेल नगरपालिकालाई २०८० वैशाख ३ गते पत्र दिएका थिए । नगरपालिकाले ४९३६ नम्बरमा दर्ता प्रक्रिया गरेको छ । । धुलिखेल नगरपालिकाले भने कुनै प्राविधिक नाप जाँच बेगर नै जेष्ठ ४ गते इन्द्रमान तामाङलाई साविक काभे्र वडा नं ७ हाल धुलिखेल नगरपालिका ८ खावा चोकबाट सरस्वती मा.वि जाने बाटोको डाँडोमा रहेको कि नं १८० क्षेत्रफल मा ५–३.१–० मालपोत कार्यालय काभे्रमा श्रस्ेता कायम भएको जग्गामा काल्लाहरु कटान गरी जग्गा मिलाउनका लागि अमिन सहित प्राविधिक टोलिबाट निरिक्षण तथा नापजाँच हुँदा जम्मा १५ हजार ८ सय ९४ दशमलब ६ घनमिटर माटो कटान गर्न अनुमति प्रदान गरेको छ भन्ने आसयको पत्र प्रममुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगरले हस्ताक्षर गरेको पत्र निज इन्द्रमान तामाङलाई दिएको छ । २०७० जेठ २ गते धुलिखेल नगरको राजस्व साखामा ७९ हजार ४ सय ७० राजस्व तिरेको उल्लेख छ भने जेठ ४ गते अनुमति पत्र दिएको छ । करिब डेढ सय मिटरको फरकमा ठुल्ढुङ्खे खानेपानीको मुहान भएको क्षेत्रमा विना सुझ बुझ वडा अध्उक्ष विनोद गौतम र नगरपालिकाले खानी चलाउन दिएको भन्दै स्थानीय उपभोक्ताहरुले आइतबार विरोध प्रदर्शन गरेर ब्रेकर चलाउन नपाउने चलाएमा आन्दोलन गर्ने चेतावनी दिएका छन । यस अघि पनि ब्रेकर र डोजर चलाएर पहिरो गई तल्लो तटिय क्षेत्रमा पाखोमा रहेका सबै मुल सुकेको हुँदा थप समस्या भएको र यो ठुल्ढुङ्खेको मुल पनि सुक्यो भने बडालगाउँ बासी पुरै काकाकुल हुने हुँदा खानीको रुपमा चलाउन बल मिचाँइ गरे जस्तोसुकै मुल्य चुकाउन पछि नपर्ने कुरा विरोधमा उत्रेका आक्रोसित उपभोक्ताले बताए । ‘मुहान नजिक डोजर चलाएर वर्षतमा पहिरो गएर मुल सुकेको खण्डमा को जिम्मेबार हुने ? धुलिखेल नगरपालिकाले काभे्रउपत्यका एकीकृत खानेपानी हामिलाई खुवाउनुपर्ने हुन्छ नत्र हामी ८ नं वडा कार्यालय र धुलिखेल नगर घेर्ने छौं ।’ आक्रोसित उपभोक्तहरुको एक स्वर रहेको थियो । ठुल्ढुङ्खे बडाल गाउँ खानेपानी उपभोक्ता समिती अध्यक्ष विष्णु वहादुर भुजेल, धुलिखेल वडा नं ८ का वडा अध्यक्ष विनोद गौतम, जग्गा धनि इन्द्रमान तामाङ बिच खानेपानी मुहानलाई असर नपर्ने गरी माटो सम्याउने, बे्रकरलगाउन नपाउने, ठुलाठुला ढुङ्खा आएमा तल ल्याएर फुटाउने, पानीको मुहानमा कुनै पनि खालको क्षति नपु¥याउने धनि सहमति भएको छ । खनेर निस्केको माटो गेगर तल पाखो र बाटोमा खसाल्न नपाईने जग्गा धनि आफैंले त्यसको व्यवस्थापन गर्नु पर्ने उल्लेख गरिएको छ । आइतबार भएको उक्त सहमतीमा ठुल्ढुङ्खे खानेपानी उपभोक्ता समितीका उपभोक्ताहरुको समेत उपस्थिति रहेको थियो ।
