IMG-LOGO

जिल्ला स्तरीय अन्तरमावि हाजिरी जवाफ प्रतियोगिता

 मंगल, जेठ २३, २०८०  ---

 

       विद्यार्थीहरुको सिकाइलाई थप प्रभावकारी बनाउन जिल्ला स्तरीय अन्तर मा.वि हाजीरी जवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भयो । काभे्र मावि बनेपाको आयोजनामा भएको हाजिरी जवाफ प्रतियोगीतामा २२ विद्यालयहरुको सहभागीता  रहेको थियो । प्रथम माउण्ट भियु  मा.वि धुलिखेलका परस्कृत रिजाल , राममाया श्रेष्ठ, विधान श्रेष्ठ, दिृतीय अरुणेदय मा.वि पनौतीका विस्वास दाहाल, कुसुम तिमल्सिना, सम्प्रदा न्यौपाने, तीतृय पाँचखाल भ्यालीका विद्यार्थीहरु कृती लामिछाने, प्रविशा तिमल्सिना, आरयानि मास्के त्यस्तै गरी सान्तोनामा विद्यासागर मा.वि बनेपाका विद्यार्थीहरु रोहित सकायल, नेहा पफेल र रोजीना सापकोटा विजयी हुनुभएको छ । प्राचार्य कुमार मानन्धरले पुरस्कार वितरण गर्नुभएको कार्यक्रममा  सहायक प्राचार्य द्घय केशव श्रेष्ठ र विकास श्रेष्ठ अतिथी हुनुहुन्थ्यो । प्रतियोगिताको संयोजक सागर लामा रहनुभएको कार्यक्रमको सञ्चालन उद्घव लुइटेल, श्यामकृष्ण मानन्धर, सिताराम तिवारी र कुमार घिमिरेले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्