अभियानको आयोजनामा २ दिने प्राथमिक स्वास्थ्य तालिम सम्पन्न भएको छ । टेवा नेपालको आर्थिक सहयोगमा बनेपा नगरपालिकाका ३ वटा वडाका १७ जना किशोरिहरुका लागि महिला आधारशिला साकोसको हलमा तालिम दिइएको हो । बनेपा नगरपालिका वडा नं ९ बाट जनप्रतिनिधि मनिषा तामाङ र वडा नं ७ बाट शोनि बज्राचार्य लगायत संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको तालिममा प्राथमिक उपचार केहो ? किन आवश्यक छ ,कृितम स्वासप्रस्वास कसरी दिने, प्राथमिक उपचार बाकस के हो, व्यक्तिगत सरसफाई, मासहिस्टेरिया, यौन दुर्ववहार के हो, जस्ता विषयमा प्रयोगात्मक सिकाई गराइएको थियो । तालिमको सहजिकरण मालति दाहालले गर्नु भएको थियो भने संस्थाकी अध्यक्ष कमला कायस्थले सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रम समापनका क्रममा सहभागी किशोरीहरुले आफुले सिकेका कुरा आफ्ना समूहमा लगेर सिकाउने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
