बनेपा । यहि जेठ २६ र २७ गते दुई दिनसम्म बृत्ति मार्गनिर्देशन तथा रोजगार मेला २०८० हुने भएको छ । बनेपा नगरपालिका र पनौती नगरपालिकाको संयुक्त आयोजना तथा इन्स्युर र हेभिट्याट्स नेपालको प्राविधीक सहयोगमा युवा वर्ग लक्षित मेला हुने भएको हो । बनेपामा बिहीबार अन्तरक्रिया कार्यक्रमको आयोजनामा सरोकारवालाहरुले अध्ययनपछि वा काम विनाको फुर्सदल े आफ्नो भविस्य कतातिर लैजाने भनेर अलमल भईरहेका यूवाहरुले आफ्नो रुची , खुबी तथा बजारको माग अनुसारको पेशाका बारेमा जानकारी दिन मेला आयोजना गर्न लागिएको बताए । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले मेलामा रोजगार दिने व्यक्ति संस्था, रोजगारीको खोजीमा रहेका व्यक्तिहरु भेट हुने भएकाले युवा वर्गलाई सहज हुने बताउनुभयो । बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यले मेलामा धेरै भन्दा धेरै युवाहरुलाई सहभागिताको लागि आग्रह गर्दै मेलामा कोहि रोजगार खोज्ने, कोहि रोजगारी दिन सक्ने त कोहिले उत्पे्ररणा दिने भएकाले मेलामा सहभागिता अनिवार्य गर्न आग्रह गर्नुभयो । रोजगार दाता, सेवा प्रदायक र काम तथा सिपको खोजीमा रहेका युवाहरुवीच नेटवोर्किङ तथा सम्बन्धको विस्तार हुने अपेक्षा लिएको मेलामा विद्यार्थी तथा युवाहरु वृत्ति परामर्श र सेवाबाट लाभान्बित हुने बताइएको छ ।
