चैतन्य वहुमुखी क्याम्पसको आयोजना एवं विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा एक दिने शैक्षिक क्ष्ोत्रमा जनशक्ति तयारी तथा बजारको माग विषयक गोष्ठि शनिबार सम्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयका सहसचिव डा. हरि लम्सालको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा सरकारी रणनितीका बारेमा डा. हरि लम्सालले विश्वविद्यालयको तयारी तथा मानवीय जनशक्तीका मानवस्रोतका बारेमा प्रो. डा. कवि प्रसाद पोखरेलले बजारमा शैक्षिक जनशक्ति मागको बारेमा प्रो.डा. विधानाथ कोईरालाले र शैक्षिक अवस्था चुनौतिका बारेमा डा. चन्द्र प्रसाद लुइटेलले आ–आफ्नो प्रस्तुति दिनुभएको थियो । क्याम्पस प्रमुख जुजुभाइ मानन्धरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी लम्सालले उच्च शिक्षा हाँसिल गर्न विदेश जानु देशको दुर्भाग्य नभएको तर शिक्षा हाँसिल गरिसकेपछि स्वदेश नर्फकिनु दुर्भाग्य भएको उल्लेख गर्नुभयो । एक वर्षमा ९० हजार विद्यार्थीले विदेश अध्ययन गर्न अनुमति लिएको भन्दै उहाँँले सिपसहितको व्यवहारिक ज्ञान दिनु आवस्यकता रहेको टिप्पणी गर्नुभयो । कार्यक्रमका सभापति बनेपा नगर प्रमुख एवं क्याम्पस सञ्चालक समितीका सदस्य शान्ति रत्न शाक्यले नगरले आयोजना गरेका प्राविधीक तर्फको शिक्षामा कोटा भन्दा कम दरखास्त पर्नु दुख भएको बताउनुभयो ।
उप–प्राध्यापक अग्नि ज्ञवालिले सहजीकरण गर्नुभएको कार्यक्रममा क्याम्पस सञ्चालक समिती सदस्यहरु, विभिन्न क्याम्पसका प्रमुखहरु, प्रधानाध्यापकहरु, विद्यार्थी एवं पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा शिक्षा सेवी भोला केसी बनेपा वडा नं ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धर, सामुदायिक रेडियो प्रसारकसंघ जिल्ला समन्वय समिती काभे्रका संयोजक रमेश प्रसाद न्यौपाने लगायत काभे्र जिल्लाका शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सभापतित्व क्याम्पस संचालक सदस्य एवं बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले गर्नुभएको थियो ।
