IMG-LOGO

बेथान्चोक गाँउपालिकाका पूर्वाधार र पर्यटनक्षेत्रको विकासमा अग्रसर

 मंगल, जेठ २३, २०८०  – हरीप्रसाद न्यौपाने

       बेथान्चोक, बेथान्चोक गाउँपालिकाले शिक्षा ,स्वास्थ्य, पर्यटन क्षेत्रको समग्र विकासको साथै भौतिक पूर्वाधारको विकासमा समेत जोड दिएर प्राथमिकताका साथ कार्य गर्दे अघि बढेको छ । खोपासीबाट बेथानचोक जाने बाटो कालोपत्रे गर्ने, कार्यलाई तिव्रता दिन गाउँपालिकाकै बजेटमा  निर्माण भएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले गाउँपालिबाले विनियोजत बजेट हाल्ने बताउनुभयो । खोला क्षेत्र, उकालो र भिरालो दुवै क्षेत्रमा ढलान गरेर सडक निर्माण गरिएको कुरा गाउँपालिका अध्यक्ष अधिकारीले राख्नुभयो । नागरिकहरुलाई सेवा छिटो र छरितो सेवा प्रदान गर्न निरन्तर लागि परेको बताउदै बेथानचोक वडा नं १ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता मधुसुधन तिमल्सिनाले ६ वटै वडामा फ्रि वाइफाइ जडान गरेको बताउनुभयो । वडा अध्यक्ष तिमल्सिनाको अनुसार आपुूm वडा अध्यक्ष भइसकेपछि सडक विस्तार, २ सय ४१ मिटर सडक ढलान, अध्यनसँग गुम्ति शिक्षक कार्यक्रम सञ्चालन गरी सामुदायिक विद्यालयको शैक्षिक सुधार गरिएको उल्लेख गर्नुभयो ।

       यस्तैगरी वेथान्चोक वडा नं १ च्याम्राङवेसी क्षेत्र चट्याङको जोखिम रहेको क्षेत्रमा अथर््िाङ सेन्टर निर्माणको लागि ५ लाख रकमको लागत अनुमान गरेर १० स्थानमा अर्थिङ सेन्टर निर्माण गरिएको छ ।  झिङ्खेडाँडा, कालिङ सिङ, फुर्के थली र सुकुम फेदी जहाँ सामुदायिक विद्यालय छन् ,मानव घना वस्ती भएको स्थानमा अर्थिङ सेन्टर निर्माण गरेको वडा अध्यक्ष तिमल्सिनाले जनाउनुभयो । यस अघि २२ वटा भैंसी र ७ जना मानिसको  चट्याङबाट मृत्यु भइसकेको छ । चट्याङको बढी जोखिम भएको  थप १० स्थानमा  अर्थिङ सेन्टर निर्माण गर्ने योजना रहेको वडा अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो । विकास निर्माणलाई प्रभावकारी बनाउन दिगो विकास गर्न टोलसुधार समिती गठन गर्ने क्रममा प्रारम्भ गर्ने बेथानचोक गाउँपालिका वडा नं २ बाट गरिएको टोल सुधार समितीलाई १ लाख रकम बजेट उपलब्ध गराएको वडा अध्यक्ष पुरुषोतम तिमल्सिनाले जानकारी दिनुभयो । गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शिक्षण गर्न शैक्षिक पात्रो प्रकाशन गरी शिक्षाको सकारात्मक विकासमा सहयोग पु¥याएको कुरा प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भण्डारीले बताउनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्