IMG-LOGO

एमाले काभे्रको जेष्ठ २७ गते जिल्ला परिषद हुने

 मंगल, जेठ २३, २०८०  ---

 

       नेकपा एमाले काभे्रले २०८० जेठ २७ गते धुलिखेलमा जिल्ला परिषद भेला आयोजना गर्ने भएको छ । एमालेको केन्द्रीय पार्टी विधान अनुसार ३ वर्षको एकपटक परिषद भेला बस्नै पर्ने प्रावधान छ । आइतबार तयारी बारे जानबारी दिँदै एमाले काभे्रका सचिव राजन भुर्तेलले २०७८  पुसमा भएको जिल्ला अधिवेशनपछि पहिलो पटक जिल्ला परिषद आयोजना  गरेको र परिषदमा जिल्ला अधिवेशनमा सहभागि भएका  प्रतिनिधिहरु परिषद सदस्यका रुपमा  सहभागी हुने बताए । जिल्ला अधिवेशनमा १३ सय ८४ जना प्रतिनिधि रहेका थिए  ५ प्रतिशत मनोनित गरिएको थियो । एमालेको विधानमा केन्द्रिय कमिटी देखि  वडा कमिटीसम्म प्रतिनिधि परिषद रहने व्यवस्था छ । सम्बन्धित कमिटीको अधिवेशनका प्रतिनिधिहरु नै परिषदका सदस्य हुनेछन । परिषदमा गत अधिवेशनपछि हालसम्म भएका पार्टी गतिविधिहरुको समिक्षाका साथै आगामि योजनाका विषयमा छलफल हुने  तथा राजनितिक, संगठनात्मक र आर्थिक  प्रतिवेदन परिषदमा पेश हुने सचिव भुर्तेलले जानकारी दिनुभयो । एमालेकाभे्र जिल्ला सदस्य एवं प्रेस चौतारी नेपाल काभे्रका इन्चार्ज नवराज बजगाईका अनुसार जिल्ला परिषद भेलाले सुद्विकरणमा समेत सहयोग पुग्ने बताए । उपसचिव एवं प्रचार विभाग प्रमुख रिता ढकालले परिषद बैठकले  पार्टिका गतिविधिलाई थप क्रियासिल बनाउन मद्दत पुग्ने बताईन। उनका अनुसार  जिल्ला परिषद अगाडि यही जेठ २३ गते बनेपामा पार्टिबाट निर्वाचित भएका जनप्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम राखेको छ ।  प्रशिक्षणमा ऐमालेबाट स्थानीय तहको निर्वाचनमा  विजयी भएका  २ सय ४० जना जनप्रतिनिधी  तथा पालिका कमिटिका पदाधिकारीहरु सहभागी हुनेछन ।  बनेपाकोे कायस्थ बैंक्वेटमा हुने प्रशिक्षणमा आगामी  वर्षको योजना तर्जुमा जनप्रतिनिधिले खेल्नुपर्ने भुमिकाका विषयमा समेत छलफल हुने बताइएको छ । 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्