मानव जीवनलाई सार्थक र परिणाममुखि बनाउन हरेक मानिसले आफूले जे जानेको छ सो कार्य गर्नै पर्छ । नत्र जीवन व्यर्थ हुन्छ भन्ने उदाहरण बन्नु भएको छ बेथानचोक गाउँपालिका वडा नं २ ढुङखर्कका ६५ वर्षीय खुवा बाजे भनेर चिनिने राजन बजगाँई । खुवा बाजे बजगाईले दुधबाट बन्ने परिकार खुवा घोट्ने कार्य २०५८ सालदेखी गर्नुभएको हो । २२ वर्ष अघि ५÷७ वटा भैंसी पालेर घरमै खुवा घोट्ने उत्पादित खुवा बनेपा र काठमाण्डांै लगेर विक्री गर्ने गरेको बताउनुहुन्छ बजगाँई बाजे । श्रीमती चार छोरा र दुई छोरीका पिता राजनलाई अहिले खुवा घोट्ने कार्यमा भने परिवारले साथ दिएका छैनन् । बेथानचोक गाउँपालिका कार्यालय भवनबाट करीब ५ सय मिटर दुरीमा एक घर भाडामा लिएर खुवा घोट्न दुई जनालाई रोजगारी दिनुभएको छ । प्रतिव्यक्ति मासिक १८ हजार तलब खाजा र खाना खाने सुविधा दिनुभएको छ । ३२ वर्षिया चन्द्र बहादुर तामाङ र ३१ वर्षिया निरुता तामाङ खुवा घोट्ने गर्नुहुन्छ । दैनिक दुई सय ५० लिटर दुध खरिद गरेर २६ धार्नी खुवा उत्पादन गर्ने गरेको खुवा बजागाई बाजेले बताउनुभयो । करीब ९ माना दुधमा १ केजी खुवा उत्पादन हुन्छ । विगत १७ वर्ष देखि भने घर भाडामा नै लिएर सडक नजिकै खुवा घोट्ने कार्य गरेको ६५ वर्षीय बजगाइ बताउनु हुन्छ । मासिक ६ लाख आम्दानी भएपनि घरभाडा र कामदारहरुलाई तलब र सुविधा दिँदा मासिक ६÷७ हजार मात्र बचत हुने उहाँको कथन थियो । व्यापार व्यवसायमा मन्दी आउनु उत्पादन भएको खुवा विक्री गर्न बजारीकरण नहुँदा समस्या भएको उहँको तर्क छ । खुवा उत्पादन गरी विक्री गर्न ढुङखर्कको खुवा व्राण्डिङ गरेर विक्रीे प्रबन्ध गर्न बेथान्चोक गाउँपालिकाले सहयोग पु¥याएर खुवा घोट्ने कृषकहरुको आय आर्जनमा वृद्दि हुने बताउनु हुन्छ , खुवा बाजेको रुपमा परिचित राजन । त्यस्तै गरी बेथानचोक गाउँपालिका वडा नं २ का ६० वर्षीया माधव ढुङ्गानाले विगत १८ वर्ष देखि खुवा उत्पादन गरेर बजगाइ बाजेलाई विक्री गरेको बताउनुभयो ।
