ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले आगामी असार २ गते रोड रेस प्रतियोगिता गर्ने भएको छ । तेस्रो संसकरण अन्तरगतको रोड रेस प्रतियोगिता असार २ गते शनिबार बिहान ६ बजेदेखि सुरु हुने र छात्रा÷छात्र दुबै विधा समावेश गरिएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन । सफल जीवनका लागि अनुशासन र स्वास्थ्य, स्वास्थ्यको लागी खेलकुद र अनुशासन भन्ने मर्मका साथ प्रतियोगिता गर्न लागेको प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले जानकारी दिनुभयो । छात्राहरुको लागि रोडरेस ३ किलोमिटरको छ भने छात्रको ७.५ किलोमिटरको हुनेछ ।
उक्त प्रतियोगितामा प्रथम हुनेलाइ ३० हजार, द्वितिय हुनेलाई २० हजार र तृतिय हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था छ । प्रतियोगितामा सहभागी हुन २०७९ को एस.इ.इ. परीक्षा दिएको प्रवेशपत्रको संकल प्रति वा प्रधानाध्यापकद्धारा प्रमाणित प्रतिलिपि र हालसालै खिचेको रंगिन फोटो आवश्यक पर्ने ज्ञानकुञ्ज शैक्षिक प्रतिस्ठानका प्रबन्धक प्रताप बैद्यले बताउनुभयो । उहाँका अनुसार नाम दर्ता मिति २०८० जेठ ३२ गतेभित्र गरिसक्नुपर्नेछ । सञ्चालक आत्माराम थापा, नेपाल पत्रकार महासंघ काभे्रका अधयक्ष बद्रीराज तिमल्सिना, कलेजका सहायक प्रिन्सिपल नवराज चौलागाई लगायतको आतित्थ्यता रहेको थियो ।
