IMG-LOGO

कक्षा १२ को नतिजा भदौमा हुने

 मंगल, जेठ २३, २०८०  ---

       विश्वविद्यालय अनुदान आयोगले भदौदेखि त्रिभुवनसहितका सबै विश्वविद्यालयमा एकीकृत शैक्षिक क्यालेन्डर लागू गर्ने भएको छ । भदौसम्म कक्षा १२ को नतिजा सार्वजनिक हुने र स्नातक तहको नयाँ शैक्षिक सत्र सुरु हुनेछ । नयाँ सत्रदेखि एकीकृत क्यालेन्डर लागू गरिने आयोगका अध्यक्ष देवराज अधिकारीले बताए । भर्ना, परीक्षा, नतिजा प्रकाशन समयमा नभएपछि विज्ञले उच्चशिक्षामा एकीकृत क्यालेन्डरको आवश्यकता औंल्याएकाले यो तयारीमा जुटेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको राष्ट्रिय विकास समस्या समाधान समिति र शिक्षामन्त्री अशोक राईले एकीकृत क्यालेन्डर लागू गर्न निर्देशन दिएका हुन् ।

       ‘क्यालेन्डर निर्माण सुरु भएको छ,’ उनले भने, ‘विश्वविद्यालयले पाउने अनुदानसँग क्यालेन्डरलाई जोडिन्छ ।’ क्यालेन्डरमा प्रवेश परीक्षा, कक्षा सञ्चालन, समाप्ति, परीक्षा सञ्चालन, नतिजा प्रकाशनको समयसीमा तोकिने आयोगले जनाएको छ । समयसीमा पालना नभए विश्वविद्यालयले पाउने अनुदान कटौती हुनेछ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्