धुलिखेल, सञ्जीवनी नमुना माध्यामिक विद्यालय क्ीऋ २०५३ समूहको भेला शनिबार होटल माउन्ट प्रिन्सेस मा सम्पन्न भयो । मित्रहरुको भाइचारा सम्बन्ध विस्तार प्रगाढ बनाउन मित्रहरुको नियमित भेटघाट गरेको समूहका सदस्य श्रीओम ब्याञ्जुले बताउनुभयो । रमेश प्रसाद न्यौपाने सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिती काभे्रको संयोजक, नेपाली कांग्रेस काभे्र प्रतिनिधि सभा क्षेत्र नं १ क्षेत्रीय सदस्य हुनुभउकोमा रमिला खनाल, यसैगरी रमेश प्रसाद बडाल सरस्वती मावि बडालगाउँमा प्रधानाध्यापक पदमा नियुक्त हुनुभएकोमा बधाई शुभकामना सहित सम्मान गरिएको थियो ।
गरिब तथा जेहन्दारलाई छात्रवृती
यस अघि सञ्जीवनी माविका तत्कालीन शिक्षक विष्णु जैशीको छोरा विशाल जैशीलाई कम्प्युटर इन्जीनियर अध्यन गरेकालाई ५० हजार त्यस्तै गरी रामबहादुर परियारलाई ४३ हजार आर्थिक सहयोग उपलब्ध गराएको समूहका सदस्य क्षेत्रमान श्रेष्ठले बताउनुभयो । त्यसैगरी आगामी आर्थिक वर्षका लागि सञ्जीवनी विद्यालयको सौन्दर्य कायम गर्न सिजनेवल फुल गमलामा राखि हराभरा बनाउन फुलको विरुवा हुर्काउने राख्ने गमलाा प्रदान गर्ने कार्यक्रम रहेको कुरा श्रीओम व्याञ्जुले बताउनुभयो । मित्रहरुको सहभागिताको लागि समन्वयकारी भूमिक निर्वाह गर्ने मित्रहरु जयश्री श्रेष्ठ, रोजना श्रेष्ठ, श्रृजनी मकाजु क्षेत्रमान श्रेष्ठलाई सहभागी मित्रहरुले धन्यवाद व्यक्त गरेका थिए ।
