IMG-LOGO

ग्रामीण अर्थतन्त्र बलियो बनाउने आधार तयः जिसस प्रमुख गौतम

 मंगल, जेठ १६, २०८०  – हरिनाथ न्यौपाने

 नमोबुद्ध नगरपालिकाका निर्वाचित जनप्रतिनिधीले जनताको सेवामा विताएको १ बर्षको अवधीको काम सार्वजनिक गरेका छन । विहीबार जिल्ला समन्वय समिती काभे्रका प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा  जनप्रतिनिधीले १ बर्षमा गरेको काम र कार्यशैलीकको जिल्ला समन्वय समिति, राजनीतिक दल, नागरिक समाज लगायत सरोकारवालाले प्रशंसा गरेका छन् । प्रमुख अतिथी गौतमले नमोबुद्धमा जनप्रतिनिधीले गरेका कामका बारेमा विपक्षीले पनि विरोध गरेको नसुनिएको प्रतिकृया दिए । गौतमले भने, ‘एक बर्ष अघि आजकै दिन नगर प्रमुख कुन्साङ लामा, उपप्रमुख रत्नबहादुर लामा लगायत जनप्रतिनिधीलाई पेश्की बधाई दिएको थिए, १ बर्षको अवधीमा गरेका काम देख्दा र सुन्दा त्यो पेश्की फछ्र्यौट भयो । ग्रामिण अर्थतन्त्र बलियो बनाउने अभियानले तयार गरेको कुरा जिसस प्रमुख गौतमले धारणा राख्नुभयो । जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले नमोबुद्ध नगरपालिकाको कार्यशैलीबाट सबैले सिक्नुपर्ने प्रतिकृया दिए । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले सुशासन र पारदर्शितामा नमोबुद्धले जोड दिएको पाइएको भन्दै सामाजिक विकासको क्षेत्रमा अन्य स्थानीय तहको भन्दा बढी समन्वय नमोबुद्धले गरेको भन्दै प्रशंसा गरे । नेकपा एमाले नमोबुद्धका अध्यक्ष कृष्णप्रसाद खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति पुष्कर न्यौपाने , राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष नवराज सत्याल लगायतले नगरले गरेका कामको समिक्षा गर्दै  बाँकी योजनाहरुको बारेमा सुझाव दिएका थिए । कार्यक्रममा नगर प्रमुख कुन्साङ लामाले नगरपालिकाले सामाजिक विकासलाई मुख्य प्राथमिकता निर्धारण गरी सुशासनयुक्त नगरको परिकल्पना सहित कृषि, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकूद, पर्यटन, जेष्ठ नागरिक, युवा तथा महिला सशक्तीकरण, उद्यमशीलताका साथै भौतिक पूर्वाधार विकासको कार्यहरु अघि बढाएको बताए ।  हरेक योजना र कार्यक्रमलाई उत्पादन र उत्पादकत्व वृद्धि, रोजगार प्रवद्र्धन र आय बृद्धिसंग जोड्दै वितरणमुखी भन्दा उत्पादनमुखी कार्यक्रम संचालन गरिरहेको भन्दै उनले आहतमा परेका नगरवासीलाई राहत हुनेगरी राहत, रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा विशेष जोड दिएका बताए । उपप्रमुख रत्नबहादुर लामाले एक बर्षमा जनताको सेवा र हितको लागि अधिकतम प्रयास गरिएको भन्दै केही कमजोरी भए सच्याउदै लैजाने प्रतिकृया दिए । प्रवक्ता टिकाबहादुर केसीले १ बर्षको अवधीमा जनताले अनुभूती हुने काम गरेको प्रतिकृया दिए । वडा नं ७ का अध्यक्ष धर्मसिं लामाले नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न प्रकृया अघि बढाइसकेको जानकारी दिए । निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिराज अर्यालले पुँजीगत खर्च बृद्दि गर्दै विकासमा योगदान गर्न लागिएको बताए । कार्यक्रममा जनप्रतिनिधीका अलावा नगर भरका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विद्यालय, स्वास्थ्य संस्थाका प्रमुख, प्रतिनिधीको सहभागिता थियो । यसैबिच नमोबुद्ध नगरपालिकाको बजार क्षेत्रमा निशुल्क इन्टरनेटको व्यवस्था गरिएको छ ।  वल्र्ड लिकं कम्युनिकेशन्स संगको सहकार्यमा नमोबुद्ध नगरपालिकाले वी.पी. राजमार्गको नौबिसे चोक, भकुण्डे बजार देखि बुच्चाकोट सम्मका ६ स्थानमा फ्रि वाइफाइको व्यवस्था गरिएको हो । नमोबुद्ध देखि काक्रे बजार सम्मको क्षेत्रमा पनि छिट्टै व्यवस्था गर्ने नगरपालिकाले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्