भौतिकता वादीहरु बौद्दिकता वादी पनि हुनुपर्छ भन्ने उद्देश्यका साथ नेकपा एमाले काठमाण्डौ सम्पर्क मञ्चद्दारा आयोजित प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो । नेकपा एमाले काभे्र सचिव राजन भूर्तेलले जनताको बहुदलीय जनतावाद एमाले काभे्र नेता इन्द्र तामाङबाट मार्कसवादी दर्शन, एमाले काभ्रे उप सचिव राजकुमार सापकोटाले कम्युनिस्ट पार्टी र एमालेको इतिहास, अनेरास्ववियुका युवा केन्द्रीय नेता, नेकपा एमाले तेमाल गाउँकमीटी इन्चार्ज जेनिस लामाले पार्टी र जनसंगठनको बारेमा प्रशिक्षण दिनु भएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा ६० जना अगुवा कार्यकर्ताको सहभागीता रहेको थियो ।
