IMG-LOGO

मेथिनकोट अस्पतालले स्वास्थ्य सेवा प्रवाहमा स्तर उन्नती गरेको छ

 मंगल, जेठ १६, २०८०  ---

 

     नमोबुद्द नगरपालिकामा रहेको मेथिनकोट अस्पतालले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम विहीबार सम्पन्न गरेको छ । अस्पतालको सेवा प्रवर्धन गर्ने उदेश्यका साथ गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नमोबुद्द नगरप्रमुख कुन्साङ लामाले अस्पतालको बृहत्तर हितका लागी आफुले काम गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो । अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. आनन्दमणि उपाध्यायले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा निमित्त मे.सु. डा. मधुकर दाहालले १५ वटा बेड रहेको अस्पतालमा ५० बेड बनाउने गरी काम भईरहेको जानकारी दिनुभयो ।  ६ जना विशेषज्ञ, ८ जना मेडिकल डाक्टर सहित चौबिसै घण्टा इमरजेन्सी, प्रसुति सेवा, सुविधा सम्पन्न ल्याब रहेको मेथिनकोट अस्पतालमा ५ वटा डाइलासिस मेसिन समेत रहेको बताइएको छ । स्वास्थ्य क्षेत्रमा नागरीकलाई सुलभ, सहज ढंगले सेवा दिने उदेश्य राखेको अस्पतालले अप्रेसन थ्रियटर, आइसियु, हाईकेयर युनिट, ब्लड बैंक राख्ने तयारी गरेको मे.सु. दाहालले जानकारी दिनुभयो । खानेपानी , एम्बुलेन्स, पार्किङ, सवारी साधन, कर्मचारी आवासको अभाव रहेको भन्दै अस्पताल प्रशासनले संघ, प्रदेश र स्थानीय सरकारलाई सहयोग गरिदिन आग्रह गरेको छ ।  अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खनालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति उप प्रमुख रिम बहादुर तामाङ, नमोबुद्द नगर कार्यपालिका सदस्य रमेश तिवारी , पत्रकार महासंघ काभे्रका अध्यक्ष बद्रिराज तिमल्सिना लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।  

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्