चांंंैरीदेउराली गाउँपालिका वडा नं १ सानो वाङथलीको वडा कार्यालय भवन एक कार्यक्रमका बिच गाँउपालका अध्यक्ष रेणु चौंलागाईले भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रममा चौरीदेउराली गाउँपालिका वडा नं १ का वडा अध्यक्ष सुशील लामा, वडा नं ८ का वडा अध्यक्ष धन बहादुर तामाङको उपस्थिति रहेको थियो । वडाको आफ्नै पक्की भवन निर्माण पश्चात वडा तहको कार्य सम्पादन व्यवस्थित हुन सक्ने गाउँपालिका अध्यक्ष चौलागाईले बताउनुभयो । शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष चौलागाई, वडाध्यक्षहरु, स्थानीयहरु, सरोकारवालाहरु लगायतको सहभागीता रहेको थियो ।
