IMG-LOGO

रोशी गाउँपालिकामा सुन्य बेहजु अभियानमा सबै वडाबाट अनलाइन राजस्व संकलन

 मंगल, जेठ १६, २०८०  ---

रोशी गाउँपालिकाले आफ्नो कार्यकालको पहिलो एक वर्षको समिक्षा कार्यक्रम बुधबार सम्पन्न गरेको  छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले आफूहरु निवाचित भएर २०७९ जेठ ९ गते सपथ ग्रहण गरेसंगै जनतामाझ गरेका प्रतिबद्धता र कार्यान्वयनका बारेमा समिक्षा गर्नुभयो । अध्यक्ष लामाले आफुहरुको प्रतिबद्धता अनुरुप रोशी गाउँपालिकाको १२ वटै वडाबाट ६० वर्ष नाघेका करिव १ हजार पाँच सय नागरिकको निःशुल्क स्वस्थ्य बीमा गरिसकिएको, संस्थागत सुशासन तर्फ आर्थिक वर्ष २०७९÷८० मा ३ वटा कार्यविधि, २ वटा मापदण्ड, १ वटा निर्देशिका र १ वटा रणनीति पारित गरि कार्वान्वयनमा ल्याईएको,  गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण बमोजिम कर्मचारी पदपूर्तिको व्यवस्था मिलाइएको, क्षमता विकास कार्यक्रम अन्तर्गत सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि क्षमता अभिवृद्धि तालिम, १२ वटै वडा कार्यालय, १५ वटा स्वास्थ्य संस्था र १६ वटा माध्यमिक विद्यालयहरुमा फाईबर नेटको पहुच पुर्याईएको, १२ वटै वडा कार्यालयहरुबाट अनलाईन राजस्व संकलन कार्यको थालनी, गाउँपालिकाबाट हुने सबै भुक्तानी भ्ँत् ९भ्भिअतचयलष्अ ँगलम त्चबलकाभच० प्रणाली मार्फत गर्ने गरिएको, सामाजिक सुरक्षा भत्ता बैंकिङ सेवा मार्फत वितरणको थालनी, गाउँपालिकालाई शुन्य बेरुजु बनाउने अभियानको थालनी, गाउँपालिकाबाट भए गरेका काम कारवाहीको प्रभावकारिताको लागि सार्वजनिक सुनुवाई र सामाजिक परिक्षण गर्ने कार्यको थालनी गरिएको बताउनुभयो । साना व्यवसायी कृषि उत्पादन केन्द्रमा ९६ जना कृषक तथा नयाँ तरकारी पकेटमा ९० जना कृषकलाई सिप विकास तथा अनुदान सहयोग गरिएको, ४७३ जना कृषकहरुलाई आधुनिक तरकारी तथा फलफुल खेतीका प्रविधीहरु सम्बन्धी तालिम प्रदान गरिुएको , ४ वटा कृषी सहकारी र समुहलाई ६ वटा मिनीरल वाटर, ८ वटा कृषी सहकारी र समूह फार्मलाई  ८ वटा मकै छोडाउने मेसिन ५ प्रतिशत अनुदानमा प्रदान गरिएको उल्लेख छ । गाउँपालिका उपाध्यक्ष मिमबहादुर लामा (ज्वाला)ले स्वागत मन्तब्य राख्नुभएकोे कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङ,  विभिन्न वडाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्