IMG-LOGO

रास्वपा बनेपा वडा नं. २ समिति गठन

 मंगल, जेठ १६, २०८०  ---

     राष्ट्रिय स्वतन्त्र पार्टी बनेपा नगर समितिले बनेपा नगरको हरेक वडामा घण्टी बजाउँदै वडा कमीटी गठन गरी कांग्रेस एमालेलाई थप चुनौती दिएको छ । शनिवार बनेपा नगरपालिका वडा नं. २ मा वडा भेला सम्पन्न गरेको छ । त्यस्तै मिति २०८०÷०२÷१३ गते वडा नं ०२ ले समेत वडा भेला सम्पन्न  गरेको छ । उक्त भेलाको सम्बोधन पार्टीका प्रभावशाली नेता पुर्व डि आइ जि रमेश खरेलले गरेका थिए । भेलामा बाग्मती प्रदेश उप सभापती दिनेश हुमगाई, बाग्मती प्रदेश सदस्य तथा  जिल्ला संयोजक र उपसंयोजक क्रमश प्रबिण ढकाल र पुण्यमाता घिमिरे का साथै  जिल्ला र पालिका का प्रभावशाली नेताहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रम वडा संयोजन समितीका संयोजक अभिमन्यु के सि को सभापतित्त्वमा रमेश घिमिरेले संचालन गरेका थिए । बनेपा नगरपालिकाका सभापती सुरज मकै श्रेष्ठले बनेपाका सम्पुर्ण वडाहरुलाई वडा भेला गर्न आह्वान गर्दै समन्वयात्मक भुमिका खेल्न आफू तयार रहेको बताएका थिए । 

     उक्त भेलाले सभापतिमा बिश्वनाथ घिमिरे, उपसभापतिमा दिपक घिमिरे र सचिबमा रमेश घिमिरेका साथै ११ सदस्यीय वडा कमिटी सर्बसम्मत रुपमा चयन समेत गरेको थियो । साथै श्रीकृष्ण घिमिरेको नेतृत्वमा सल्लाहकार उप समिती पनि गठन गरेको थियो । रमेश खरेलले सम्बोधन गर्ने कार्यक्रम भएकाले पनि बनेपा ०२ का साथै छिमेकी वडाहरुबाट समेत बाक्लै उपस्थिति रहेको थियो ।

     बनेपा वडा न. ३, १३ र १४ को पनि शनिबार नै प्रारम्भिक भेला सम्पन्न भएको छ । त्यस्तै बनेपा ५ को आईतबार भेला सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बनेपा नगरपालिका वडा – ०२, वडा समितिमा सभापती बिश्वनाथ घिमिरे, उप–सभापति दिपक घिमिरे, सचिब रमेश घिमिरे, सदस्यहरूमा अभिमन्यु के सि, राजेन्द्र गिरी,. राजकुमार घिमिरे, पुजन घिमिरे, सुदन परियार, मालती घिमिरे, संचिता घिमिरे र इन्दिरा अधिकारी गौतम रहेका छन् । त्यसैगरी सल्लाहकार उप–समितिमा संयोजक श्रीकृष्ण घिमिरे, सदस्यहरूमा पुरुषोत्तम घिमिरे, नवराज घिमिरे, दिपेन्द्र घिमिरे, खड्क बहादुर थापा, गुणराज दाहाल, प्रमोद घिमिरे र बालकृष्ण घिमिरे रहेका छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्