ज्येष्ठ नागरिक जिल्ला संघ काभ्रेको दोस्रो जिल्ला अधिवेशन तथा तेश्रो वार्षिक साधारण सभा अध्यक्ष सिध्दिबहादुर कर्माचार्यको सभापतित्वमा भएको सभाको प्रमुख अतिथि ज्येष्ठ नागरिक महासंघ बागमती प्रदेशको सदस्य रमेशकाजी श्रेष्ठको उद्घाटन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष मणिराज श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको थियो । सचिव भवानी जोशीले आ.ब. ०७८÷०७९ वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रमेशकाजी श्रेष्ठले आय व्यय प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सदस्य दैवज्ञराज कायस्थको माता नारायण देवी कायस्थको स्मृतिमा श्रध्दान्जली ब्यक्त गरिएको थियो । संजीवनी मा.बि. धुलिखेलमा अध्ययनरत पासाङ योन्जनलाइ सदस्य सानु केसीले प्रदान गर्नु भएको छडी र शर्ट प्रमुख अतिथि रमेशकाजी श्रेष्ठले हस्तान्तरण गर्नु भएको थियो ।
निर्वाचन अधिकृत भवानी जोशीले निर्वाचित १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो । अध्यक्ष पदमा सिध्दिबहादुर कर्माचार्य, उपाध्यक्ष पदमा त्रिरत्न रँजित, सचिव पदमा पूर्णबहादुर कर्माचार्य, कोषाध्यक्ष पदमा दैवज्ञराज कायस्थ, सदस्य पदमा रमेशकाजी श्रेष्ठ, सदस्य पदमा बिजयराम कर्माचार्य, सदस्य पदमा हरिप्रसाद रिजाल, सदस्य पदमा सहदीप पलाञ्चोके, सदस्य पदमा पुनमाया श्रेष्ठ कर्माचार्य, सदस्य पदमा रेशमलाल श्रेष्ठ, सदस्य पदमा बिनोद बैद्य, सदस्य पदमा सानु केसी र सदस्य पदमा विजया कायस्थ निर्वाचित हुनुभएको छ ।
