हेटौंडा बाग्मती परिषद्वारा आयोजित मकवानपुर जिल्लाको हेटौंडा नगरपालिकामा गत जेष्ठ ८ गतेदेखि १० गतेसम्म सम्पन्न भएको देस्रो बाग्मती बृहत खेलकुद प्रतियोगिता अन्तर्गत टेक्वांदो क्ष्त्ँ बाग्मतीे प्रदेशमा काभे्र जिल्ला टेक्वांदो क्ष्त्ँ बाग्मती प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा काभे्र जिल्ला टेक्वांदो क्ष्त्ँ ले १० स्वर्ण, ६ रजद तथा २ काश्य पदक प्राप्त गरेको छ । यसैगरी चितवन जिल्ला क्ष्त्ँ ले ७ स्वर्ण २ रजद तथा १ काश्य पदक प्राप्त गरेको छ भने भक्तपुर जिल्ला टेक्वांदो क्ष्त्ँ ले ५ स्वर्ण, ८ रजद तथा २ काश्य पदक प्राप्त गरेको छ ।
विजयी सम्पूर्ण खेलाडीहरुलाई बाग्मती प्रदेश खेलकुद मन्त्री मिनाकुमारी मोक्तानले मेडल, प्रमाण पत्र तथा ट्रफि वितरण गर्नुभएको थियो र बाग्मती खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीले नगद पुरस्कार वितरण गर्नुभएको थियो । २०८० सालभित्र काभे्र जिल्लाको बनेपामा रष्ट्रिय रेफ्रि सेमिनार तथा कलर द. गे्रड टेक्वांन्दो च्यान्पिेन्सिप आयोजना गरिने बताउनुभयो । कार्यक्रममा काभे्र टेक्वांदो क्ष्त्ँ का संयोजक बरुण श्रेष्ठ, उपाध्यक्ष नरेश राज कायस्ठ, लगायत संस्थापक अध्यक्ष तथा बाग्मती प्रदेश मुख्य प्रशिक्षक राजमन्दिर श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
