IMG-LOGO

१७ खर्ब हाराहारीको बजेट किसानलाई रासायनिक मलमा ३० अर्ब अनुदान

 मंगल, जेठ १६, २०८०  ---

     सरकारले आगामी आर्थिक वर्ष २०८०÷२०८१ को १७ खर्ब हाराहारीको बजेट बिनियोजन गरेको छ । कुल बजेटको ७३ दशमलब १० प्रतिशत  साधारण खर्च छुट्टाएको छ । किसानलाई रारायनिक मलमा ३० अर्ब रुपैया बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजो संघीय संसदमा बजेट प्रस्तुत गर्नु भएको हो । किसानलाई मलमा अनुदान गत वर्षको तुलनामा यो रकम दोब्बर हो । त्यस्तै गरी भौतिक प्रर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ३१ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा यो मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब रकम विनियोजन गरेको थियो । चालु आर्थिक वर्षको तुलनामा ३० अर्ब रकम बजेट घटाएको छ । जेष्ठ दोश्रो सातासम्म ४० प्रतिशत मात्र बजेट खर्च भएको छ । कर्मचारीहरुको तलब, भत्ता सामाजिक सुरक्षा, वित्तिय हस्तान्तरण, प्रशासनिक खर्च बढ्दो ऋण भुक्तानी दायित्व व्यवस्थापन गर्न १२ खर्ब ८० अर्ब २५ करोड रकम विनियोजन गरेको छ । पूजीगत खर्च पूर्वाधार तर्पm कुल बजेटको २७ प्रतिशत मात्र बजेट विनियोजन गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्