– २०६५ जेठ १५ गते ः संविधानसभाबाट राजतन्त्र अन्त्य
– २०६५ जेठ २९ गते ः ज्ञानेन्द्र शाहद्वारा राजदरबार त्याग
– २०६५ साउन ६ गते ः रामवरण यादव प्रथम राष्ट्रपतिमा निर्वाचित
– २०६५ साउन ३१ गते ः माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री चुनिए
– २०६६ वैशाख २० गते ः प्रधानसेनापतिलाई हटाउने दाहाल सरकारको निर्णय
– २०६६ वैशाख २१ गते ः प्रधानमन्त्रीबाट दाहालको राजीनामा
– २०६७ माघ ८ गते ः माओवादी लडाकु समायोजन सहमति
– २०६८ मंसिर ९ गते ः २०६९ जेठ १४ पछि संविधानसभाको म्याद बढाउन नमिल्ने सर्वोच्चको आदेश
– २०६९ जेठ १४ गते ः बिनासंविधान संविधानसभा विघटन
– २०६९ चैत १ गते ः खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन
– २०७० मंसिर ४ गते ः दोस्रो संविधानसभाको निर्वाचन
– २०७० माघ २७ गते ः कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री चयन
– २०७१ माघ ५ गते ः दलहरूबीच मतभेद हुँदा संविधानसभामा तोडफोड
– २०७२ वैशाख १२ गते ः भूकम्पका कारण हजारौंको मृत्यु
– २०७२ जेठ २५ गते ः प्रमुख दलबीच संविधान निर्माणमा १६ बुँदे सहमति
– २०७२ असोज ३ गते ः संविधानसभाबाट संविधान जारी
– २०७४ साल ः नयाँ संविधानअनुसार तीनै तहको निर्वाचन सम्पन्न
– २०७९ साल ः तीनै तहका सरकारको दोस्रो कार्यकालका लागि निर्वाचन
