IMG-LOGO

अँधेरी मसाने पाटी सडक शिलान्यास

 मंगल, जेठ ९, २०८०  ---

 

        मन्डनदेउपुर नगरपालिका वडा नं ६ सिपाघाट स्थित अँधेरी मसाने पाटी सडकको शिलान्यास भएको छ ।  बागमती प्रदेश सभा सदस्य कन्चनचन्द्र बादेको प्रमुख आतित्थ्यतामा  सडकको शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा नगरप्रमुख टोक बहादुर वाइबा, नगर उप प्रमुख बिष्णुमणि नेपाल, समाजसेवी अच्युत पौडेल, निबर्तमान वडा अध्यक्ष कुमार ढकाल, शहरी विकास तथा भवन निर्माण कार्यलयका इन्जिनियर भूमिनन्द ढकाल, निर्माण ब्यवसायी, स्थानीय तथा सरोकारवालाहरको सहभागिता रहेको थियो ।  शिलान्यास सडकको योजना लागत २ करोड २३ लाख रहेको छ । २०८० को चैत महिनाभित्र सम्पन्न गर्नेगरी ठेकेदार कम्पनी सँग सम्झौता भएको नगरपालिकाले जनाएको छ । करिब ११ सय मिटर लम्बाई रहने सडक निर्माणका लागि बजेटको व्यवस्था बागमति प्रदेश पूर्व सांसद बसुन्धारा हुमागाइको पहलमा विनियोजन भएको हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्