IMG-LOGO

आर्थिक मन्दिमा सहकारीको वित्तिय व्यवस्थापन सम्बन्धी अन्तरक्रिया

 मंगल, जेठ ९, २०८०  ---

 

        जिल्ला बचत संघ काभे्रले आर्थिक मन्दिमा सहकरीको वित्तिय व्यवस्थापन सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम सनराइज होटल धुलिखेलमा शनिबार सम्पन्न भयो । सघंका अध्यक्ष उदयराम कायस्थको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष सागरनाथ कपालीले गर्नुभयो । मेनेजर्स कल्व काभे्रका अध्यक्ष मदन बस्नेतले केहि सहकारी संस्थाहरुमा वित्तिय संकटले ग्रस्त भइ समस्या परेको यथार्थ हामी सामु छ  ।  के कारण यस्तो भयो स्वनियभमन गर्न जरुरी भएको उल्लेख गर्नुभयो । ऐन नियम वित्तिय अनुशासनमा रहेका सहकारीहरुमा कुनै खालको समस्या नआएको शेयर सदस्यको आर्थिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गरेको विचार मेनेर्जस कल्व काभे्रका अध्यक्ष बस्नेतले प्रकट गर्नुभयो । संघका प्रबन्धक गुरप्रसाद ढकालले प्रारम्भीक सहकारी संस्थाहरको आवश्यकता अनुसारको सञ्चालक र कर्मचारीहरुको क्षमता अभिवृद्दि  गर्ने देखि लिएर सूचना प्रविधीको विकासको उपयोग संसोधित ऐन नियमको सवालमा पैरवी गरी चेतना फैलाउने कार्य जिल्ला बचत संघले गरेको उल्लेख गर्नुभयो । संघका कोषध्यक्ष जीवन श्रेष्ठ, सहसचिव विकास वादे, सञ्चालक सदस्य एवं सञ्चार उपसमिती संयोजक रमेश प्रसाद न्यौपाने  लगायतको आतित्थ्यता रहेको कार्यक्रममा १ सय १० प्रारम्भीक सहकारकिा सञ्चालक र प्रवन्धकहरुको सहभागीता रहेको कार्यक्रममा प्रशिक्षक विज्ञ डाक्टर शिवजी सापकोटाले विषम परिस्थितीमा सहकारी संस्थाहरको सुरक्षित अवतरण, सहकारी संस्थाहकको दिगो विकास र स्थायित्वको बारेमा प्रशिक्षण दिनुभएको थियो । जिल्लाबचत संघ काभे्रका अध्यक्ष उदयराम कायस्थले उद्घाटन शत्र समापनको मन्तव्य दिँदै निती नियममा सञ्चालित सहकारी संस्थाहरु प्रभावकारी ढङ्गबाट सञ्चालन भएको उल्लेख गर्नुभयो । विना धितो लगानी गर्ने सहकारी संस्था , केहि प्रबन्धकहरुको वेथितीको कारण सहकारी संस्थाहरु धारासय भएका शेयर सदस्यहरको लगानी जोखिममा परेको बताउँदै बचत संघका अध्यक्ष कायस्थले  नियमन निकाय र  छाता संघहरुको समन्वयकारी भूमिकाबाट सुरक्षित अवतरणमा ध्यान दिनुपर्ने सवालमा प्रतिवद्द रहनुपर्ने उल्लेख गर्नुभयो । वित्तीय संकटको समाधानको लागी बचत संघले ५ करोडको कोष निर्माण गरी समस्यामा परेका सहयोग गरी जुन प्रारम्भीक सहकारी संस्था छन  समाधानको लागि सहयोग पु¥याउने कुरा संघका अध्यक्ष उदयराम कायस्थले प्रतिवद्दता व्यक्त गर्नुभयो ।  संघका सचिव सुरेन्द्र  पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमको सहजीकरण उपप्रवन्धक रविकुमार केसीले गर्नुभएको थियो । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्