IMG-LOGO

शिक्षा प्रणलीमा आमुल परिवर्तन ल्याउन ज्ञापन पत्र

 मंगल, जेठ ९, २०८०  – गौरब मानन्धर

 

 

        अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन  र क्रान्तिकारी जिल्ला समिती काभे्रले जिल्लाका स्थानीय सरकारका प्रमुख र जिल्ला शिक्षा विकार समन्वय इकाई काभे्रमा नेपालको समग्र शिक्षा प्रणलीमा आमुल परिवर्तन र वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्न भन्दै माग पत्र बुझाएको छ ।  विहीबार धुलिखेल नगरपालिका उपप्रमुख निराजन जंगमलाई अनेरास्ववियु क्रान्तिकारी जिल्ला समितीका संयोजक पे्रम सिले हस्ताक्षर गरेको मागपत्र बुझाएको हो ।  २०७२ मा जारी नयाँ संविधानले व्यवस्था गरे अनुरुप  अनिवार्य र निःशुल्क शिक्षाको शुल्क व्यवस्था  अधिकांश सामुदायिक विद्यालयले लागु गरेको छैन । शिक्षा ऐनमा भएको विरोधभाण पूर्ण धारा प्रयोग गरेर सरकारी विद्यालयहरुले समेत चर्को शुल्क लिएको त्यस्तै निजी विद्यालयहरुले झन मनपरी ढङ्खले शुलक लिएकोमा स्थानीय सरकारले ध्यान नदिएको भनि माग पत्रमा उल्लेख गरेको छ ।  स्थानीय भाषा सँग सम्बन्धित स्थानीय भाषामा नै अध्यन गराउने एकीकृत अध्ययन भाषा प्रणाली लागु गरियोस, सामुदायिक विद्यालयमा विद्यार्थी समस्याको आधारमा आवश्यक शिक्षक दरवन्दीको मिलान गरियोस, निजी विद्यालयहरुले १० प्रतिशत दिनुपर्ने छात्रवृति अधिकासं विद्यालयहरुले नदिएको हुँदा अनुगमन गरी कार्यन्वयन गरियोस, निजी विद्यालयले वृद्दि गरेको २५ प्रतिसत शुल्क तत्काल फिर्ताको पहल गरियोस भन्ने माग पत्र बुझाएको छ । शैक्षिक क्षेत्रमा आमुल परिवर्तन ल्याई सिप सहितको गरी खाने व्यवहारीक शिक्षा प्रदान गर्न राज्य तयार हुनुपर्ने धारणा माग पत्र पढेर पूर्वीय ताम्सालिङ ब्यूरो इन्चार्ज डार्विन सिले उल्लेख गर्नुभयो । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्