पाँचखाल । पाँचखाल नगरपालिका वडा नं २ का किसानलाई कृषि सामाग्री वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र र पाँचखाल नगरपालिकाको समन्वयमा स्थानीय लक्ष्मीनारायण कृषक समूह मार्फत ५० प्रतिशत अनुदानमा ५ थान कम्बाईन मिल, ६ थान मिस्क मिल, ५ थान मकै छोडाउने मेसिन, ३ थान पेट्रोलबाट चल्ने पानी तान्ने पम्प सहित ९ थान इलेक्ट्रिक पम्प वितरण गरिएको पाँचखाल नगरका कृषि शाखामा कार्यरत ज्ञानेन्द्र दाहालले जानकारी दिए । २५ जना कृषकलाई वितरण गरिएको कार्यक्रममा कृषि ज्ञान केन्द्र निमित्त प्रमुख उमादेवी श्रेष्ठ, पाँचखाल वडा नं २ का अध्यक्ष रामेश्वर दाहाल, पाँचखाल नगरपालिका कृषि शाखा प्रमुख सुदर्शन बोलखे लगायतको सहभागिता रहेको थियो ।
कृषकहरुलाई तालिम तथा यन्त्रीकरण वितरण
सुब्बागाउँ कृषि सहकारी संस्था लिमिटेडले, कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोलकको लागत साभेदारीमा खाद्यान (धान) बाली प्रवर्द्धन कार्यक्रम कृषि ज्ञान केन्द्रका योजना शाखा अधिकृत निर्मल पौडेलको प्रमुख अतिथि तथा विशेष अतिथि जिल्ला कृषि सहकारी संघका अध्यक्ष सुमन नेपाल अतिथिहरु, साथै सुब्बागाउँ कृषि सहकारीका १५० भन्दा बढी शेयर सदस्य तथा कृषकहरुको उपस्थितीे शनिवार सुब्बागाउँमा सम्पन्न भयो । उक्त कार्यक्रमलाई शुभकामना एबम् धन्यवाद मन्तव्य राख्दै प्रमुख कृषि ज्ञान केन्द्रका योजना शाखा अधिकृत निर्मल पौडेलले सुब्बागाउँ सहकारीको अगुवाइमा भएको कार्यक्रममा सुब्बागाउँ कृषि सहकारीमा आवद्ध भएका किसान दाजुभाई दिदि बहिनिहरुले मनग्य फाइदा लिन सक्ने कुरा बताउनु भयो। यो खाद्यान (धान) बाली प्रवर्द्धन कार्यक्रम पार्नको लागि संस्थाका अध्यक्ष राम चन्द्र न्यौपानेको धेरै भन्दा धेरै मिहनेत साथै लगनशीताले गर्दा यहाँको किसानहरुको मागलाई मध्यनजर गर्दै यो कार्यक्रम सुब्बागाउँ कृषि सहकारीलाई जिम्मेवारी दिइएकोमा संस्थाले पुर्णरुपमा आफ्नो जिम्मेवारी पुरा गरेकोमा खुशी व्यक्त गर्नु भयो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष श्री राम चन्द्र न्यौपानेले गर्नु भएको थियो भने संस्थाका शेयर सदस्य ददिराम न्यौपानेले स्वागत मन्तव्य राख्नुल भएको थियो साथै संस्थाका प्रवन्धक रुद्र प्रसाद न्यौपानेले कार्यक्रममा वितरण गरिएको यान्त्रीकरण तथा अन्य कार्यक्रमका बारेमा जानकारी दिनु भएको थियो। संस्थाका सचिव संजिब न्यौपानेले कार्यक्रम संचालन गर्नु भएको थियो साथै बिशेष अतिथि श्री सुमन नेपालले आफ्नो भनाइ राख्दै संस्थाका अध्यक्ष राम चन्द्र न्यौपानेले यो जुन किसिमको जोस जागरको कदर गर्दै आगामी दिनमा पनि संस्थाको उज्वल भविष्यको कामना गर्दै सम्पुर्ण कृषि सहकारी संस्थाको छाता संगठनको रुपमा रहेको छाता संगठन जिल्ला कृषि सहकारी संघले आवश्यक सहयोग तथा सुभाव दिन तत्पर रहेको कुराको जानकारी दिनु भएको थियो। उक्त कार्यक्रममा सिजि कम्पनीले ल्याएको नानो युरिया मल तथा सागरिकाको प्रयोगबारेमा संस्थाका प्रतिनिधि जिवन पौडेले जानकारी गराउनु भएको थियो साथै धान खेतीका स्रोत व्यक्तिका रक्षा खनालले धान खेती सम्बन्धी प्रशिक्षण गर्नु भएको थियो । संस्थाले उक्त कार्यक्रममा मिनि टेलर, इलेक्ट्रोनिक स्पेयर, धान झार्ने पेडल थ्रेसर, धानको विउ बितरण गरेको थियो संस्थाका अध्यक्ष राम चन्द्र न्यौपानेले अव संस्थाले २०८० साल जेष्ठ १३ गते शनिवार माटो परीक्षण सिविर संचालन गर्ने कुराको जानकारी गराउनु भएको थियो ।
