राष्ट्रिय सहिद मुकेश कायस्थको स्वर्गारोहणको १३ औं दिनको पूण्य तिथीमा सोमबार श्रद्दाञ्जली सभा सम्पन्न भएको छ । वागमति प्रदेशसभा सदस्य कञ्चनचन्द्र वादेको प्रमुख आतित्थ्यतामा एवं मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । प्रतिष्ठानका प्रमुख कार्यक्रम संयोजक मोहन दुवालले स्वागत मन्तव्य राख्दै मुकेश कायस्थलाई शहीद घोषणा गरेकोमा सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
बनेपाको चोकमा शहीद मुकेश कायस्थको शालिक निर्माण गर्नुपर्ने, स्वास्थ्य संसथाहरुमा मुकेशको नाम जोडिनुपर्ने, लगायतका माग प्रतिष्ठानले राखेको छ । श्रद्दाञ्जली सभामा जिल्ला समन्वय प्रमुख दिपक गौतम , बनेपा नगरप्रमुख शान्तिरत्न शाक्य, उप–प्रमुख विमला सापकोटा दाहाल, प्रमुख जिल्ला अधिकारी पूण्य विक्रम पौडेल, पत्रकार महासंघ काभे्रका अध्यक्ष वद्रिराज तिमल्सिना, विभिन्न राजनैतिक दलका प्रमुख एवं पतिनिधि शहीद मुकेशका पिता कृष्णमान कायस्थ, माता मिरा कायस्थ लगायतको उपस्थिति रहेको थियो । २०६२÷६३ को जनआन्दोलनमा घाइते भएको जिउदो शहीद कायस्थको वैशाख २७ गते निधन भएको थियो ।
