बनेपामा रहेको क्षितिज वोर्डिङ स्कुलले पूर्व प्रा.वि लाई नयाँ भवनमा कक्षा आरम्भ तथा उद्घाटन कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । बनेपा न.पा वडा नं ७ का वडाअध्यक्ष हिटलर शाक्यको प्रमुख आतित्थ्यता एवं विद्यालय संचालक समितीका अध्यक्ष हरिगोपाल प्रधानाङ्खको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथी शाक्यले विद्यालयको प्रगतिको कामना गर्दै वडा बाट हुन सक्ने सहयोग प्रदान गर्ने उद्घोष गर्नुभयो । ८०० जना विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा गुणस्तरिय शिक्षा दिदैं आइरहेको छ । कार्यक्रकमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष उदयराम कायस्थ, संस्थापक अध्यक्ष गोविन्दलाल प्रधानाङ्ख, सल्लाहकार कुलचन्द्र अधिकारी, शेयर सदस्यहर लगायतको उपस्थिती थियो । सञ्चालक समिती सदस्य पूर्णिमा प्रधानाङ्खले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन प्रिन्सिपल लिलाधर पौडेलले गर्नुभएको थियो ।
