IMG-LOGO

सामुदायिक साकोस लुट्ने ४ पक्राउ

 मंगल, जेठ ९, २०८०  ---

 

        जिल्ला प्रहरी कार्यालय काभ्रेले मंगलबार  सामुदायिक बचत तथा ऋण सहकारीमा चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपमा ४ जनालाई सार्वजनिक गरेकोे छ । गत बैशाख १९ गते राति १ बजे सहकारीका सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर उनीहरुले लुटपाट गरेका थिए । साकोसको मेन गेटको ताल्चा फोडेर ३२ लाख ३१ हजार ७ सय ४५ रुपैयाँ चोरी गरी उनीहरु फरार भएका थिए । चोरीमा संलग्न ६ जनामध्ये ४ जनालाई काठमाडौं र मकवानपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी भाग्येन्द्रपुरुष ढकालले जानकारी दिनुभयो ।  पक्राउ परेको चारै जना मकवानपुर जिल्लाका हुन् । उनीहरुलाई काठमाडौं र मकवानपुर जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का २४ बर्षीय अमृत थिङ (लामा), सोही ठाउँका २९ वर्षीय गम्भीर भनिने सोमलाल थिङ, वडा नम्बर ५ फाखेलका ३० बर्षीय अशोक रुम्बा र सोही ठाउँका ३५ बर्षीय अगबर लामा रहेका छन । उनीहरुको साथबाट ५ लाख ४५ हजार रुपैयाँ नगद, भरुवा बन्दुक १ थान र सहकारी चोरी गर्दा प्रयोग भएका सामग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

 

 

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्